काठमाण्डाै – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको गाडी प्रयोग गर्दा उपयुक्त नहुने बताउनुभएको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावबारे आज सोमवार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठकमा बोल्दै अर्यालले यस्तो धारणा राख्नुभएको हो । मतदानपछि चुनावमा हार्ने पक्षले सुरक्षा निकायको गाडीमा मतपत्र ल्याएको कारणले आफूहरू हार्नुपरेको आरोप लाग्ने गरेको भन्दै सकेसम्म मतपेटिका ढुवानीको काममा सुरक्षा निकायको गाडी प्रयोग नगर्न उहाँले सुझाव द...