काठमाडौँ । ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ओमिक्रोन बीए ५ नेपालमा पनि देखिएको छ । धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा सो सङ्क्रमण देखिएको जानकारी आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए । भारत र अमेरिकामा पछिल्लो समय सङ्क्रमण ओमिक्रोनकै उपप्रजाति बीए ४ र बीए ५ ले बढाएको पुष्टि भइसकेको छ । […]