केही दिनयता कोरोना संक्रमण दर कम हुँदै गएको भए पनि नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ सक्रिय बन्न थालेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ । डब्लुएचओको कोभिड प्रतिकार्य टोलीका सदस्य डा. बोरिस पाभलिनले अनलाइनमार्फत् ब्रिफिङ गर्दै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहित कतार, भारत, फिलिपिन्स र डेनमार्कमा सक्रिय बन्न थालेको बताउनुभएको …