प्रधानमन्त्री केपी शर्मा ओली सभामुख अग्नि सापकोटामाथि खनिएका छन् । संसदीय कामकारबाहीमा सभामुखले भाँजो हालेको आरोप लगाउँदै उनकै कारण संसद बन्दक बनेको ओलीले आरोप लगाए । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बोलाइएको सर्वदलीय बैठकमा ओलीले सभामुखको अराजकताले सरकारले कामै गर्न नसकेको समेत दावी गरे । बैठकमा सहभागी भएर बाहिरिएका राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले ओलीले सभामुखको भूमिकामाथि प्रश्न उठाएको जानकारी दिए । ‘सभामुख अराजक बन्नुभयो, उहाँले संसदलाई बन्धक बनाएर सरकारलाई