सिन्धुपाल्चोक : नेकपा एमालेका नेता कार्यकर्ताहरूले बन्धक बनाएका कारण जिल्लाका जनप्रतिनिधिले आफ्नो पक्षमा सनाखत गर्न नपाएको आरोप नेकपा (एकीकृत समाजवादी) ले लगाएको छ।पार्टी फुटपछि पनि कम्तीमा १५ जना जनप्रतिनिधि एकीकृत समाजवादीमा आउन लागेकोमा एमालेका नेताले उनीहरूलाई डर धम्की देखाएर सम्पर्कमा नै आउन नदिएको र पार्टी रोज्न पाउने अधिकारबाट समेत बञ्चित गराएको एकीकृत समाजवादीका जिल्ला नेता सोम सापकोटाले आरोप लगाएका छन्। एकीकृत समाजवादीले आफ्नो दलसँग वैचारिक सहमति भएका जनप्