नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले परमादेशबाट आएको पाँच दलीय गठबन्धनको सरकारले देशलाई बन्धक बनाएको आरोप लगाएका छन । उनले जनताबाट आएको सरकारले मात्रै जनताका समस्या बुझ्ने भन्दै अदालतको परामेदशबाट आएको सरकारले जनताको समस्या बुझ्ने भन्दापनि देशलाई बन्धक बनाउने काम मात्र भएको बताए ।उदयपुर जिल्ला कमिटिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न जाने क्रममा आज बिहान विराटनगर विमानस्थलमा स्थानीय संचारकर्मीसँगको कुराकानीमा नेम्वाङले भने, ‘देश अहिले परमादेशबाट