चुनावको विरोध गर्नु विदेशीलाई कम्फर्टेबल सरकार बनाउन खोज्नु हो : थापा

काठमाडौं। राप्रपाका अध्यक्ष कमल थापाले अहिलेको अस्थिरता र संकट समाधानको सहज, प्रजातान्त्रिक र संवैधानिक बाटो चुनाव भएको बताएका छन्। उनले लेखेका छन्, “प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरूले प्रजातन्त्र र संविधानलाई बलियो बनाउन होईन,विदेशीलाई 'कम्फर्टेबल' सरकार बनाई भ्रष्टाचार,सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृङ्खला चलाउन खोजेका छन्।''

सम्बन्धित सामग्री

शक्ति राष्ट्र चुनावपछि किन चाहन्छन् ‘कम्फर्टेबल’ सरकार ?

भूसामरिकविज्ञ विनोज बस्न्यातको भनाइमा बदलिँदो भूराजनीतिक परिस्थितिमा शक्ति राष्ट्रहरू नेपालमा नियन्त्रित अस्थिरताबाटै आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भन्ने विश्वासमा छन् ।

ओलीको प्रतिवेदनः माओवादी ‘कम्फर्टेबल सरकार’ बनाउन तयार, काँग्रेसलाई के भने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य विपक्षी नेपाली काङ्ग्रेस यतिबेला अन्यौलबाट गुज्रिरहेको टिप्पणी गरेका छन् । महाधिवेशन आयोजक समिति बैठकमा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा ओलीले नेकपाको विभाजनका कारण निर्वाचनबाट आफू लाभान्वित हुने आँकलन गरिरहेको सो पार्टी नयाँ निर्वाचनको पक्षमा भने उभिन नसकेको उल्लेख गरेका छन् ।  ‘निरन्तर प्रयास गरे पनि उसले आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन पनि सकिरहेको छैन । नेपाली काङ्ग्रेसको यस्तो द्विविधा र काङ्ग्रेसभित्र गुटैपिच्छको भिन्नाभिन्नै मतले राजनीतिलाई अन्यौल ग्रस्त बनाइरहेको छ&...

एमाले फुटाउने एकसूत्रीय अभियानमा लागेको भन्दै माओवादीमाथि यसरी खनिए ओली

प्रधानमन्त्री केपी ओलीले फागुन २३ पछि प्रतिनिधिसभामा तेस्रो दलको हैसियतमा पुगेको नेकपा माओवादी केन्द्र, एमाले विभाजन गर्ने एक सूत्रीय अभियान लागेको आरोप लगाएका छन् ।  प्रधानमन्त्रीबाट आफूलाई हटाउने अभियानमा पनि सो पार्टी केन्द्रीत रहेको उनको आरोप छ ।  ‘ऊ विदेशी शक्तिका लागि ‘कम्फर्टेबल सरकार’ बनाउन तयार छ’, ओलीले सोमबार महाधिवेशन आयोजक समितिको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा भनेका छन्, ‘प्रधानमन्त्रीको प्रस्ताव बोकेर विभिन्न दलहरुका ढोकामा पुग्छ । आफू नेकपा (एमाले) समेत...

‘कम्फर्टेबल’ सरकार ‘प्रधानमन्त्री बन्ने रहर’ नभएकाहरु र मुलुकको नियति

संविधानमा राखिएका जनताका मौलिक हकको कार्यान्वयन हुनुपर्ने कि नपर्ने ? त्यो काम नहुँदा किन सर्वोच्चमा सरकारले, राजनीतिक दलहरुले संविधान उल्लंघन गरे भनेर मुद्दा परेन ? के कसैको सत्ता ढाल्न र कसैलाई सत्तामा पुर्याउन मात्रै संविधान पालना हो ? के अरुलाई कम्फर्टेबल सरकार बनाउनु नै संविधानको कार्यान्वयन र रक्षा हो ।

‘कम्फर्टेबल सरकार’मा प्रचण्डको प्रष्टोक्ति : मेरो अन्तर्वार्ताको गलत प्रचार भयो

१९ फागुन, काठमाडौं । ‘कम्फर्टेबल सरकार बनाउने’ अभिव्यक्तिलाई लिएर नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टीभित्रै प्रश्न उठेको छ । उनले भने आफूले अन्तर्वार्तामा बोलेको कुराको गलत प्रचार भएको दाबी गरेका छन् । बुधबार पेरिसडाडाँमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा नेताहरुले प्रचण्डलाई विवादित अन्तर्वार्ताबारे प्रश्न गरेका थिए । स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी […]

‘नेपालीलाई कम्फर्टेबल सरकार चाहिएको हो, मलाई हटाउन त्यति सजिलो छैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको बताएका छन् ।ओलीले नेपालीको लागि ‘कम्फर्टेबल’ सरकार चाहिएको भन्दै भारतको लागि ‘कम्फर्टेबल सरकार चाहिएको भन्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइप्रति कटाक्ष गरे ।मंगलवार झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रम...