शक्ति राष्ट्र चुनावपछि किन चाहन्छन् ‘कम्फर्टेबल’ सरकार ?
भूसामरिकविज्ञ विनोज बस्न्यातको भनाइमा बदलिँदो भूराजनीतिक परिस्थितिमा शक्ति राष्ट्रहरू नेपालमा नियन्त्रित अस्थिरताबाटै आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भन्ने विश्वासमा छन् ।
काठमाण्डाै – नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले शक्ति राष्ट्रहरूले नेपाललाई खेलमैदान बनाउन लागेको दाबी गर्नुभएकाे छ ।
आज सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद देवले एमसीसी र एसपीपी सम्झौताको सम्बन्धमा अमेरिका र चीनले आफू अनुकूल बोलेको भन्दै शक्ति राष्ट्रहरूले नेपाललाई खेलमैदान बनाउन लागेको बताउनुभएको हो । उहाँले नेपाल सार्वभौमसत्ता सम्पन्न देश भएकाले के लिने र के नलिने भन्ने निर्णय गर्ने अधिकार नेपाल सरकार र नेपाली जनताको भएको स्पष्ट पार्नुभयो । उहाँले नेपाललाई कुनै पनि शक्ति राष्ट्...