प्रधानमन्त्री केपी ओलीले फागुन २३ पछि प्रतिनिधिसभामा तेस्रो दलको हैसियतमा पुगेको नेकपा माओवादी केन्द्र, एमाले विभाजन गर्ने एक सूत्रीय अभियान लागेको आरोप लगाएका छन् । प्रधानमन्त्रीबाट आफूलाई हटाउने अभियानमा पनि सो पार्टी केन्द्रीत रहेको उनको आरोप छ ।
‘ऊ विदेशी शक्तिका लागि ‘कम्फर्टेबल सरकार’ बनाउन तयार छ’, ओलीले सोमबार महाधिवेशन आयोजक समितिको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा भनेका छन्, ‘प्रधानमन्त्रीको प्रस्ताव बोकेर विभिन्न दलहरुका ढोकामा पुग्छ । आफू नेकपा (एमाले) समेत...