काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र प्रधानमन्त्रीबाट आफूलाई हटाउने र एमालेलाई विभाजन गर्ने एकसूत्रीय अभियानमा केन्द्रित रहेको आरोप लगाएका छन् ।नेकपा एमाले १० औं महाधिवेशन आयोजक कमिटीको अध्यक्षसमेत रहेका ओलीले सोमबार बसेको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै माओवादी केन्द्रकाबारे यस्तो मूल्याङ्कन गरेका हुन् ।ओलीले माओवादी केन्द्र विदेशी शक्तिका लागि ‘कम्फर्टेबल सरकार’ बनाउन तयार रहेको आरोपसमेत लगाएका छन् । ‘प्रधानमन्त्रीको प्रस्ताव बोकेर विभिन्न दलहरु