प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य विपक्षी नेपाली काङ्ग्रेस यतिबेला अन्यौलबाट गुज्रिरहेको टिप्पणी गरेका छन् । महाधिवेशन आयोजक समिति बैठकमा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा ओलीले नेकपाको विभाजनका कारण निर्वाचनबाट आफू लाभान्वित हुने आँकलन गरिरहेको सो पार्टी नयाँ निर्वाचनको पक्षमा भने उभिन नसकेको उल्लेख गरेका छन् ।
‘निरन्तर प्रयास गरे पनि उसले आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन पनि सकिरहेको छैन । नेपाली काङ्ग्रेसको यस्तो द्विविधा र काङ्ग्रेसभित्र गुटैपिच्छको भिन्नाभिन्नै मतले राजनीतिलाई अन्यौल ग्रस्त बनाइरहेको छ&...