सिरहाको मुसहर्नियास्थित मुसहर बस्तीका १२ वर्षे बालकदेखि लक्का जवान सबैजसो मजदुरीका लागि पन्जाब गएका छन् । ३२ घर परिवारको बसोबास रहेको बस्तीमा वृद्धवृद्धा, महिला र बालबालिका मात्रै भेटिन्छन् । ‘बस्तीका घरलौरी युवा पन्जाबमा मजदुरीका लागि बाह्रैमास खटिन्छन्,’ ६० वर्षीया बहुरी सदायले भनिन्, ‘टोलमा काम गर्न नसक्नेहरू हामीजस्ता वृद्धवृद्धा, महिला र केटाकेटी मात्रै छौं ।’