सर्लाहीको चन्द्रनगर गाउँपालिकाका मुसहर समुदायका युवायुवतीले बालविवाह नगर्ने प्रतिबद्धता जनाएका छन् । पोखरियामा लैङ्गिक रुपान्तरणका लागि सामाजिक मूल्य, मान्यता र व्यवहार परिवर्तन विषयक कार्यक्रममा वडा नं ४ पोखरियाका मुसहर समुदायका युवायुवतीले बालविवाह नगर्ने प्रतिबद्धता जनाएका वडाध्यक्ष सञ्जीवसिंह दनुवारले जानकारी दिए ।मुसहर महिला सशक्तीकरण मञ्चमा आबद्ध भएपछि आफूहरूमा क्षमता विकास र सशक्तीकरणको चेतना वृद्धि हुँदै आएको भन्दै उनीहरुले अब बालविवाह नगर्ने जनाएका हुन् । मासिक बचत संकलन गर्दै आएका त्यह