एनआईसी एशिया क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

जेठ ३, काठमाडौं । एनआईसी एशिया क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । क्यापिटलले एनआईसी एशिया फेलेक्सी क्याप नामक फण्ड सञ्चालनको लागि बोर्डबाट वैशाख २९ गते अनुमति पाएको हो ।  फण्डले प्रतिइकाइ रू. १० का १० करोड इकाइ निष्कासन गर्नेछ । योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित सामग्री

दोस्रो खुलामुखी सामुहिक लगानी कोष सञ्चालन गर्दै एनआईसी एशिया क्यापिटल

काठमाडौं ।  एनआईसी एशिया क्यापिटलले दोस्रो खुलामुखी सामुहिक लगानी कोष योजना संचालनको तयारी गरेको छ । क्यापिटलले एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि ’एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम’ नामको खुलामुखी योजना संचालन गर्न लागेको हो । क्यापिटलले योजना संचालनको लागि गत असार मै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा माघ २४ गते थप कागजात बुझाएको छ । यो योजनाको आकार १ अर्ब रहेको छ । यस योजना अन्तर्गत क्यापिटलले १० रुपैयाँ अंकित दरका १० करोड इकाई निष्कासन गर्ने छ । क्यापिटलले हाल ’एनआईसी एशिया डायनामिक डेट फण्ड’ नामको खुलामुखी योजना संचालन गरिरहेको छ ।  क्यापिटलले हाल एनआईसी एशिया ब्यालेन्स फण्ड, एनआइसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया सेलेक्ट ३० र एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड नामका बन्दमुखी म्युचुअल फण्ड योजना संचालन गरिरहेको छ ।

एनआईसी एशिया ग्रोथ फण्डको इकाईमा आजबाट आवेदन दिन सकिने

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने भएको छ । क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड–२ सञ्चालनका लागि मङ्सिर ४ गते अर्थात् आजबाट इकाई विक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्रीमा ल्याएको हो । विक्री गरिने कुल इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागिएको हो । यो इकाई खरीदका लागि छिटोमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने मङ्सिर १८ गतेसम्म विक्री लम्बिनेछ । यो इकाई खरीदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । इकाई विक्रीका लागि खुला गरिएको अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई खरीद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिने व्यवस्था छ । सो अवधिसम्म न्यूनतम संख्यामा इकाई विक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकहरूको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिने व्यवस्थासमेत छ । यो इकाई निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ । ७ वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिनेछ ।

सोमवारदेखि एनआईसी एशिया ग्रोथ फण्ड-२ ले इकाई विक्री गर्ने

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने भएको छ । क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड-२ सञ्चालनका लागि मंसिर ४ गते सोमवारदेखि इकाई जारी गर्न लागेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । विक्री गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । यो इकाई खरीदका लागि छिटोमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने मंसिर १८ गतेसम्म विक्री लम्बिनेछ । यो इकाई खरीदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । इकाई बिक्रीका लागि खुला गरिएको अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिने व्यवस्था छ । सो अवधिसम्म न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिने व्यवस्था समेत रहेको छ । यो इकाई निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । ७ वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयबाट आवेदन दिन सकिनेछ ।  साथै मेरो शेयर अनलाईन मार्फत समेत आवेदन दिन सकिनेछ ।

एनआईसी एशिया ग्रोथ फण्ड २ ले मंसिर ४ गतेदेखि इकाई जारी गर्ने

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड जारी गर्ने भएको छ । क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाई मंसिर ४ गतेदेखि जारी गर्न लागेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्रीमा ल्याउन लागेको हो । विक्री गरिने कुल इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागिएको हो । यो इकाई खरीदका लागि छिटोमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने मंसिर १८ गतेसम्म विक्री लम्बिनेछ । यो इकाई खरीदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ ।  इकाई विक्रीका लागि खुला गरिएको अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तिमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई खरीद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिने व्यवस्था छ । सो अवधिसम्म न्यूनतम संख्यामा इकाई विक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकहरूको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिने व्यवस्थासमेत छ । यो इकाई निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ । ७ वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयबाट आवेदन दिन सकिनेछ ।  साथै मेरो शेयर अनलाईनमार्फत समेत आवेदन दिन सकिनेछ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

बिहीवारदेखि फ्लेक्सी क्याप फण्ड निष्कासन गर्दै एनआईसी एशिया क्यापिटल

जेठ १८, काठमाडौं । एनआईसी एशिया क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने भएको छ । फण्डले एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड निष्कासनमा ल्याउन लागेको हो । फण्डले प्रतिइकाई रू. १० अंकित दरको १० करोड इकाई विक्रीमा ल्याउन लागेको हो । आवेदकले बिहीवारदेखि उक्त इकाईमा आवेदन दिन सक्नेछन् । निष्कासन गरिने कुल इकाईमध्ये बीज पूँजीबापत न्यूनतम १ करोड ५० लाख वा कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागेको हो। सो फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाइने छ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई विक्री नभएको खण्डमा असार २ गतेसम्म आवेदन म्याद थप गरिने  छ ।  ७ वर्षे अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर  एपबाट पनि आवेदन दिन सक्नेछन् ।  धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । यो एक बन्दमुखी योजना हो। आह्वान पत्र हेर्नका लागि यहाँ क्लिक गर्नुहोस:

एनआईसी एशिया क्यापिटलको ‘महा–शेयर लगानी महोत्सव’ योजना, यस्ता छन् विशेषता

चाँडपर्व तथा शेयर बजारमा आउने लगानीको अवसरलाई लक्षित गर्दै एनआईसी एशिया क्यापिटल NIC Asia Capital ले महा–शेयर लगानी महोत्सव योजना ल्याएको छ । यो योजना अन्तर्गत धितोपत्र तथा मुद्रा बजारमा उपलब्ध हुने उपकरणहरुलाई एक मुष्ट (अल इन वान, वान फर अल) लगानी गर्न सकनिेछ । योजना अन्तर्गत लगानी व्यवस्थापन सेवा लिने ग्राहकहरुले यो सेवा निःशुल्क रुपमा प्राप्त गर्नेछन् ।एन आई सी एशिया क्यापिटलको महा–शेयर लगानी महोत्सव योजना अन्तर्गतका छुटहरुःपहिलो वर्ष निःशुल्क लगानी व्यवस्थापन सेवा ।वार्षिक तथा अर्ध वार्षिक रुपमा मुनाफा निःशुल्क निकाल्न सकिने । दोश्रो वर्ष देखि एक्जिट शुल्क नलाग्ने ।एउटै परिवारका तीन जना सदस्यसम्मका लागि पहिलो वर्ष निःशुल्क रुपमा डिम्याट तथा मेरो शेयर खाता ।लगानी व्यवस्थापन सेवाग्राहीहरुलाई निःशुल्क रुपमा आईपीओमा आवेदन गरिदिने सेवा ।रु.३ लाख देखि रु.५ लाख सम्मको दुर्घटना बीमा ।यस योजना अन्तर्गत लगानी व्यवस्थापन सेवा, म्युचुअल फण्ड र इन्कम ग्यारेन्टेड फण्डलाई एक मुष्ट गरेर समेत सेवा प्राप्त गर्ने ।एन आई सी एशिया क्यापिटलले बजारमा आउने उतार चडावलाई मध्ये नजर गर्दै लगानीमा हुने जोखिम न्यूनिकरण गर्नका लागि सिस्टमेटिक इन्भेष्टमेन्छ प्लान सेवा प्रदान गर्ने । यो छुट योजना २०७८ साल कार्तिक मसान्त सम्म मात्र लागु हुनेछ कम्पनीले जनाएको छ ।

एनआईसी एशिया सेलेक्ट–३० को इकाई बाँडफाँट

असार २०, काठमाडौं । एनआईसी एशिया सेलेक्स–३० को इकाई बाँडफाँट भएको छ । एनआईसी एशिया क्यापिटलले असार १० गतेदेखि १४ गतेसम्म सार्वजनिक निष्कासनमार्फत विक्री गरेको इकाई आइतवार बाँडफाँट गरेको हो ।  एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्डको ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियो । योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले प्रति इकाई मूल्य रू. १० को कुल १० करोड इकाई मध्य बीज पूँजी वापत १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई बाँडफाँट गरेको छ ।  यो योजना सञ्चालनका लागि क्यापिटलले वैशाख ३१ गते स्वीकृति पाएको थियो । बन्दमुखी प्रकृतिको यस योजना ७ वर्षे अवधिको रहेको छ । यो इकाई विक्री प्रबन्धकको जिम्मेवारी पनि एनआईसी एशिया क्यापिटल लिमिटेडले पूरा गरेको छ ।

एनआईसी एशिया सेलेक्ट ३० (इन्डेक्स फण्ड) मा आजदेखि आवेदन दिन सकिने

असार १०, काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) मा आज (बिहीवार) देखि आवेदन दिन सकिने भएको छ । एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यस योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्रीमा ल्याउन लागेको हो ।  कुल १० करोड इकाईमध्ये बीज पूँजी बापत न्यूनतम एक करोड ५० लाख अर्थात् कुल निष्कासनको १५ प्रतिशत वा इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई विक्री गर्न लागेको हो ।  छिटोमा असार १४ र ढिलोमा असार २४ गतेसम्म विक्रीमा रहने यो इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम एक करोड इकाईसम्म आवेदन दिन सकिनेछ । यो सात वर्ष अवधि रहेको तेस्रो बन्दमुखी प्रकृतिको योजना हो । धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । आवेदकले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।