चाँडपर्व तथा शेयर बजारमा आउने लगानीको अवसरलाई लक्षित गर्दै एनआईसी एशिया क्यापिटल NIC Asia Capital ले महा–शेयर लगानी महोत्सव योजना ल्याएको छ । यो योजना अन्तर्गत धितोपत्र तथा मुद्रा बजारमा उपलब्ध हुने उपकरणहरुलाई एक मुष्ट (अल इन वान, वान फर अल) लगानी गर्न सकनिेछ । योजना अन्तर्गत लगानी व्यवस्थापन सेवा लिने ग्राहकहरुले यो सेवा निःशुल्क रुपमा प्राप्त गर्नेछन् ।एन आई सी एशिया क्यापिटलको महा–शेयर लगानी महोत्सव योजना अन्तर्गतका छुटहरुःपहिलो वर्ष निःशुल्क लगानी व्यवस्थापन सेवा ।वार्षिक तथा अर्ध वार्षिक रुपमा मुनाफा निःशुल्क निकाल्न सकिने । दोश्रो वर्ष देखि एक्जिट शुल्क नलाग्ने ।एउटै परिवारका तीन जना सदस्यसम्मका लागि पहिलो वर्ष निःशुल्क रुपमा डिम्याट तथा मेरो शेयर खाता ।लगानी व्यवस्थापन सेवाग्राहीहरुलाई निःशुल्क रुपमा आईपीओमा आवेदन गरिदिने सेवा ।रु.३ लाख देखि रु.५ लाख सम्मको दुर्घटना बीमा ।यस योजना अन्तर्गत लगानी व्यवस्थापन सेवा, म्युचुअल फण्ड र इन्कम ग्यारेन्टेड फण्डलाई एक मुष्ट गरेर समेत सेवा प्राप्त गर्ने ।एन आई सी एशिया क्यापिटलले बजारमा आउने उतार चडावलाई मध्ये नजर गर्दै लगानीमा हुने जोखिम न्यूनिकरण गर्नका लागि सिस्टमेटिक इन्भेष्टमेन्छ प्लान सेवा प्रदान गर्ने । यो छुट योजना २०७८ साल कार्तिक मसान्त सम्म मात्र लागु हुनेछ कम्पनीले जनाएको छ ।