एनआईसी एशिया ग्रोथ फण्डको इकाईमा आजबाट आवेदन दिन सकिने

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने भएको छ । क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड–२ सञ्चालनका लागि मङ्सिर ४ गते अर्थात् आजबाट इकाई विक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्रीमा ल्याएको हो । विक्री गरिने कुल इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागिएको हो । यो इकाई खरीदका लागि छिटोमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने मङ्सिर १८ गतेसम्म विक्री लम्बिनेछ । यो इकाई खरीदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । इकाई विक्रीका लागि खुला गरिएको अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई खरीद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिने व्यवस्था छ । सो अवधिसम्म न्यूनतम संख्यामा इकाई विक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकहरूको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिने व्यवस्थासमेत छ । यो इकाई निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ । ७ वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिनेछ । 

सम्बन्धित सामग्री

एनआईसी एशिया ग्रोथ फण्ड-२ को इकाई मङ्सिर १८ गतेसम्म मात्र विक्रीमा रहने

काठमाडौं । एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाई मङ्सिर १८ गतेसम्म मात्र विक्रीमा रहने भएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडले सञ्चालन गर्ने गरी यस योजनाको इकाई मङ्सिर ४ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्रीमा ल्याएको हो । विक्री गरिने कुल इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री खुला गरिएको हो । यो इकाई खरीदका लागि छिटोमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहे पनि सो अवधिसम्म मागबमोजिम आवेदन नपरेपछि ढिलो अवधि मङ्सिर १८ गतेसम्म विक्री खुला गरिएको हो । मङ्सिर १७ गते बिहान १० बजेसम्म यस योजनाको इकाई खरीदका लागि ५४ हजार ७९७ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार यी आवेदकहरूबाट ८ करोड ३९ लाख ९० हजार १२० इकाई खरीद माग भएको हो । यो इकाई खरीदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । इकाई विक्रीका लागि खुला गरिएको अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई खरीद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिने व्यवस्था छ । सो अवधिसम्म न्यूनतम संख्यामा इकाई विक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकहरूको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिने व्यवस्थासमेत छ । योजनाको इकाई खरीदका लागि हालसम्म परेको तथ्यांक रितपूर्वक भएमा करीब ९९ प्रतिशत इकाई विक्री भइसकेको अवस्था छ । यो इकाई निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ । ७ वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयबाट आवेदन दिन सकिनेछ ।  साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिनेछ ।

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर, यसरी दिनुहोस् अनलाइन आवेदन

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकले विभिन्न पदमा रोजगारीका लागि आवेदन माग गरेको हो ।  बैंकले डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको छ । यी पदमा आगामी भदौ १ गतेसम्म आवेदन दिन सकिने छ ।   इच्छुक व्यक्तिले आवेदन दिनका लागि सुरूमा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि आफुलाई उपयुक्त लागेको पदमा अप्लाईमा क्लिक...

आरएमडीसी लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं, ४ भदौ । आजदेखि आरएमडीसी लघुवित्तको संस्थापक शेयर लिलामीमा विक्रि खुल्ला भएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ लाख ६ हजार ६५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । आजदेखि लिलामीमा ल्याएको शेयरमा भदौ १८ गतेसम्म आवेदन दिन सकिने संस्थाले जनाएको छ । प्रतिकित्ता शेयरको मुल्य ६ सय ३ रुपैयाँ निर्धारण गरिएको […]

एनआईसी एशिया बैंकको एपमार्फत आईपीओ आवेदन दिन सकिने

एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत आईपीओको आवेदन दिन सकिने व्यवस्था गरेको छ ।कोरोना महामारी जारी रहेको अवस्थामा ग्राहकहरुले लामो लाइन बसी आईपीओ फारम बुझाउने झन्झटलाई न्यूनिकरण गनै बैंकले एपमार्फत नै विभिन्न कम्पनीले जारी गर्ने आईपीओमा आवेदन दिन सकिने व्यवस्था गरेको हो ।एनआईसी बैंकमार्फत डिम्याट खाता खोलेका र अन्य विभिन्न खाता भएक ग्राहकले सो […]

एनआईसी एशिया बैंकको मोबाइलबाटै आईपीओ आवेदन सुविधा

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले ग्राहक सुविधालाई लक्षित गरी पहिलो पटक एनआईसी एशिया मोबैंक एपमार्फत विभिन्न कम्पनीले जारी गर्ने आईपीओमा आवेदन दिन सकिने सेवा सुरु गरेको छ । बैंकमार्फत डिम्याट खाता खोलेका एवं बैंकमा बचत खाता तथा मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आईपीओ खुलेका शेयर तथा डिबेञ्चरमा जुनसुकै स्थानबाट, जुनसुकै समय आवेदन दिन सक्नेछन् । कोभिड महामारीको जोखिम कायम रहेका बेला ग्राहकलाई सहज एवं सरल बैंकिङ सेवा दिने उद्देश्यले बैंकले हालसम्म भौतिक फारमबाट आईपीओ आवेदन लिँदै आएकामा अबदेखि एनआईसी एशिया मोबैंकबाट आईपीओ आवेदन दिन सकिने व्यवस्था गरेको हो । बैंकको एनआईसी एशिया मोबैंक प्रयोगकर्ताले एपभित्र रहेको अप्लाइ शेयर आइकनमा ट्याप गरेर आवेदन दिन सकिनेछ । त्यसपछि आइकनभित्र आईपीओ खुलेका कम्पनीमध्ये आफूले चाहेको कम्पनी छनोट गरेर आवेदन दिन सकिनेछ । आफूले इच्छाएको कित्ता संख्या उल्लेख गरी स्वचालित रूपमा देखिएको विवरण पक्का गरेर  सबमिट गरेपछि आवेदन पूरा हुनेछ । हाल बैंकले ३५६ शाखा, ४७१ एटीएम, ७० विस्तारित काउन्टर एवं ८१ वटा शाखारहितमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

३ अर्ब बराबरको एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप

असार १०, काठमाडौं । असार ६ गतेदेखि विक्री खुला भएको एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप भएको छ । ‘८.५० प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८८’ नामको उक्त ऋणपत्रमा अब असार २० गतेसम्म आवेदन दिन सकिने भएको छ । बैंकले रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको हो । बैंकले १० वर्षे अवधि तथा वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको उक्त ऋणपत्र मध्ये १२ लाख कित्ता सर्वसाधारणमा र १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री खुला गरेको हो । सर्वसाधारणका लागि छुट्याएको मध्ये ५ प्रतिशत दरको ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।  प्रतिऋणपत्र रू. १ हजार दरको उक्त ऋणपत्रमा आवेदन दिने छिटो अवधि असार ९ गतेसम्म रहेपनि ऋणपत्रमा पूर्ण आवेदन नपरेपछि ढिलो अवधि असार २० गतेसम्म विक्री खुला रहने कम्पनीले जानकारी दिएको छ । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । यो ऋणपत्र विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।  विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थार तीनका शाखा कार्यालयसँगै मेरोशेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । यस बैंकलाई ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले जेठ २० गते अनुमति दिएको हो ।

एनआईसी एशिया सेलेक्ट ३० (इन्डेक्स फण्ड) मा आजदेखि आवेदन दिन सकिने

असार १०, काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) मा आज (बिहीवार) देखि आवेदन दिन सकिने भएको छ । एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यस योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्रीमा ल्याउन लागेको हो ।  कुल १० करोड इकाईमध्ये बीज पूँजी बापत न्यूनतम एक करोड ५० लाख अर्थात् कुल निष्कासनको १५ प्रतिशत वा इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई विक्री गर्न लागेको हो ।  छिटोमा असार १४ र ढिलोमा असार २४ गतेसम्म विक्रीमा रहने यो इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम एक करोड इकाईसम्म आवेदन दिन सकिनेछ । यो सात वर्ष अवधि रहेको तेस्रो बन्दमुखी प्रकृतिको योजना हो । धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । आवेदकले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

एनआईसी एशिया बैंकको डेबिट कार्ड लिन अनलाइनबाटै आवेदन

एनआईसी एशिया बैंकका ग्राहकले अनलाइनबाटै नयाँ डेबिट कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ । यस सुविधामार्फत ग्राहकले आफ्नो डेबिट कार्ड हराएमा वा बिग्रिएमा अनलाइनबाटै आवेदन दिनसक्ने सुविधा ल्याएको हो । कोरोना महामारी जारी रहेको अवस्थामा ग्राहकलाई कार्यालयसम्म पुग्न नपरोस् भन्ने उद्देश्यले अनलाईनमार्फत यो सुविधा ल्याएको बैंकले जनाएको छ । बैंकको वेबसाइट तथा मोबाइल […]

एनआईसी एशियाको प्रिपेड डलर कार्ड अनलाइनमार्फत

एनआईसी एशिया बैंकले विभिन्न विदेशी अनलाइन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको खरिद रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिन सकिने सुविधा ल्याएको छ ।यो सुविधा ग्राहकले जुनसुकै स्थानबाट एवं जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ एपमा रहेको प्लेटफर्ममार्फत उपभोग गर्न […]

नेशनल लाइफको लिलामी शेयरमा भोलीसम्म आवेदन दिन सकिने

काठमाडौं, ९ जेठ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा भोलीसम्म आवेदन दिन सकिन्छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको ४१ हजार ८९६ कित्ता संस्थापक शेयरमा आवेदन दिने भोलि अन्तिम दिन हो । बैंकले इन्स्योरेन्सको उक्त संस्थापक शेयर बैशाख २७ गतेदेखि लिलामीमा ल्याएको थियो । आवेदकले कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४ सय […]