असार २०, काठमाडौं । एनआईसी एशिया सेलेक्स–३० को इकाई बाँडफाँट भएको छ । एनआईसी एशिया क्यापिटलले असार १० गतेदेखि १४ गतेसम्म सार्वजनिक निष्कासनमार्फत विक्री गरेको इकाई आइतवार बाँडफाँट गरेको हो ।
एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्डको ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियो । योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले प्रति इकाई मूल्य रू. १० को कुल १० करोड इकाई मध्य बीज पूँजी वापत १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई बाँडफाँट गरेको छ ।
यो योजना सञ्चालनका लागि क्यापिटलले वैशाख ३१ गते स्वीकृति पाएको थियो । बन्दमुखी प्रकृतिको यस योजना ७ वर्षे अवधिको रहेको छ । यो इकाई विक्री प्रबन्धकको जिम्मेवारी पनि एनआईसी एशिया क्यापिटल लिमिटेडले पूरा गरेको छ ।