असार १०, काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) मा आज (बिहीवार) देखि आवेदन दिन सकिने भएको छ ।
एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यस योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्रीमा ल्याउन लागेको हो ।
कुल १० करोड इकाईमध्ये बीज पूँजी बापत न्यूनतम एक करोड ५० लाख अर्थात् कुल निष्कासनको १५ प्रतिशत वा इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई विक्री गर्न लागेको हो ।
छिटोमा असार १४ र ढिलोमा असार २४ गतेसम्म विक्रीमा रहने यो इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम एक करोड इकाईसम्म आवेदन दिन सकिनेछ । यो सात वर्ष अवधि रहेको तेस्रो बन्दमुखी प्रकृतिको योजना हो ।
धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । आवेदकले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।