एनआईसी एशिया क्यापिटल वार्षिकोत्सव अफरः सय युनिट म्युचुअल फण्ड किन्दा २० युनिट फ्रि

एनआईसी एशिया क्यापिटल पाँचौ वर्ष पूरा गरि छैठौँ वर्षमा प्रवेश गरेको छ । क्यापिटलले आफ्नो पाँचौं वर्ष पुरा गरेको अवसरमा क्यापिटलबाट लगानी व्यवस्थापन सेवा लिइरहेका सेवाग्राहीहरु, हितग्राही खाता खोली कारोबार गर्ने खातावाहकहरु, सामूहिक लगानी योजनामा लगानी गर्नु भएका इकाईधनीहरु, शेयर रजिष्ट्रार सेवामा आवद्ध कम्पनीहरु तथा नियामक निकायप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।लगानी व्यवस्थापन सेवा अन्तर्गतःलगानी व्यवस्थापन सेवा अन्तर्गत ग्राहकहरुलाई न्यून लागतमा उच्च कोटिको सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ क्यापिटलको पाँचौं वार्षिक उत्सवको अवसरमा ५ मा ५ अफर सहित लगानी व्यवस्थापन सेवा लिने ग्राहकहरुलाई मिति २०७८ साल चैत्र मसान्तसम्म लागु हुनेगरी विशेष छुट योजना ल्याएको छ । लगानी व्यवस्थापन सेवा अन्तर्गतको ५ मा ५ छुट योजनाहरु:लगानी व्यवस्थापन सेवा लिने ग्राहकहरुलाई पहिलो वर्षको वार्षिक नविकरण शुल्कमा ५० प्रतिशत छुट,Income Guaranteed Fund अन्तर्गत हाल ११.३० प्रतिशत रहेकोमा ०.१० प्रतिशत थप गरी वार्षिक ११.४० प्रतिशतको सुनिश्चित प्रतिफल,एक्जिट शुल्कमा ५० प्रतिशत छुट,निःशुल्क डिम्याट खाता,निःशुल्क मेरो शेयर खाताएनआईसी एशिया म्युचुअल फण्ड सेवा अन्तर्गत (Buy 100, Get 120 units) एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलो खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाई खरिद गर्दा खरिद गरिएको इकाई भन्दा २० प्रतिशत बढी इकाई वा अधिकतम रु.१,००० सम्मको इकाई थप गरी खरिदकर्ताको डिम्याट खातामा जम्मा गरिदिने नयाँ योजना सार्वजनिक गरेको छ । उक्त योजना मिति २०७८ साल चैत्र मसान्त सम्म इकाई खरिद गर्ने ग्राहकहरुले मात्र प्राप्त गर्नेछन ।मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत:एनआईसी एशिया क्यापिटलले नेपालमै पहिलो पटक मर्चेण्ट बैंकिङ्ग (संस्थागत परामर्श) सेवा अन्तर्गत “IDEA to IPO” नामक नयाँ सेवा संचालन गरिरहेको छ । जस अन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको Ideation देखि कम्पनी स्थापना, Scale up: Expansion, Growth, further Expansion हुदैं ipo जारी गर्ने चरणसम्म कम्पनीलाई पु¥याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्ने छ । उक्त सेवा जुन सुकै क्षेत्र तथा जुन सुकै चरणमा रहेका कम्पनीहरुले लिन सक्नेछन् । निक्षेप सदस्य सेवा अन्तर्गत:“एक नेपाली, एक डिम्याट” खाता अभियान अन्तर्गत ग्राहकहरुलाई विभिन्न छुट सहित सहज, सरल र उच्च कोटिको ग्राहकमुखी सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ क्यापिटलले विशेष छुट सहित विभिन्न योजनाहरु संचालन गरिरहेको छ । पाँचौं वार्षिक उत्सवको अवसरमा क्यापिटलले एन आई सी एशिया डिम्याट सेवा अन्तर्गत मिति २०७८ चैत्र मसान्त सम्म निःशुल्क डिम्याट खाता सेवा सहित थप नयाँ योजना संचालन गरेको छ । एन आई सी एशिया केटाकेटी डिम्याट सेवा ः क्यापिटलले बालबालिका लक्षित डिम्याट खाता सेवा संचालनमा ल्याएको छ । उक्त एन आई सी एशिया केटाकेटी डिम्याट सेवाका विशेषताहरु निम्न अनुसार रहेको छ । निःशुल्क डिम्याट खाता । २ वर्ष सम्मको डिम्याट खाता नविकरण शुल्कमा छुट ।५ वर्ष सम्मका बालबालिकाहरुले मात्र यो सेवा लिन सकिने ।एनआईसी एशिया क्यापिटल, एन आई सी एशिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरु तथा एन आई सी एशिया क्यापिटलको अनलाइन डिम्याट सेवामार्फत समेत उक्त सुविधा लिन सकिने । माथि उल्लेखित योजनाका अतिरिक्त हाल क्यापिटलले एन आई सी एशिया डिम्याट सेवा अन्तर्गत निम्न सेवाहरु संचालन गरिरहेको छ । ४ वर्षको डिम्याट खाता नविकरण शुल्क एक मुष्ठ भुक्तानी गर्दा ५ वर्ष सम्म डिम्याट खाता नविकरण हुने, रु.२,५००÷– एक मुष्ठ भुक्तानी गर्दा आजिवन डिम्याट खाता नविकरण हुने, एन आई सी एशिया विद्यार्थी डिम्याट सेवा अन्तर्गत विद्यार्थीहरुको लागि निःशुल्क डिम्याट तथा मेरो शेयर खाता,एन आई सी एशिया ओपन एण्ड वीन डिम्याट योजना अन्तर्गत स्मार्ट वाचसहित साप्ताहिक रुपमा विभिन्न उपहार योजनाका साथै एन आई सी एशिया बैंक लिमिटेडमा बैंक खाता खोल्दा निःशुल्क डिम्याट तथा मेरो शेयर खाता खोल्न सकिने छ । क्यापिटलले पाँचौं वार्षिक उत्सवको अवसरमा काठमाण्डौ लायन्स क्लव संगको सहकार्यमा रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ ।

सम्बन्धित सामग्री

दोस्रो खुलामुखी सामुहिक लगानी कोष सञ्चालन गर्दै एनआईसी एशिया क्यापिटल

काठमाडौं ।  एनआईसी एशिया क्यापिटलले दोस्रो खुलामुखी सामुहिक लगानी कोष योजना संचालनको तयारी गरेको छ । क्यापिटलले एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि ’एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम’ नामको खुलामुखी योजना संचालन गर्न लागेको हो । क्यापिटलले योजना संचालनको लागि गत असार मै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा माघ २४ गते थप कागजात बुझाएको छ । यो योजनाको आकार १ अर्ब रहेको छ । यस योजना अन्तर्गत क्यापिटलले १० रुपैयाँ अंकित दरका १० करोड इकाई निष्कासन गर्ने छ । क्यापिटलले हाल ’एनआईसी एशिया डायनामिक डेट फण्ड’ नामको खुलामुखी योजना संचालन गरिरहेको छ ।  क्यापिटलले हाल एनआईसी एशिया ब्यालेन्स फण्ड, एनआइसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया सेलेक्ट ३० र एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड नामका बन्दमुखी म्युचुअल फण्ड योजना संचालन गरिरहेको छ ।

एनआईसी एशिया ग्रोथ फण्डको इकाईमा आजबाट आवेदन दिन सकिने

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने भएको छ । क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड–२ सञ्चालनका लागि मङ्सिर ४ गते अर्थात् आजबाट इकाई विक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्रीमा ल्याएको हो । विक्री गरिने कुल इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागिएको हो । यो इकाई खरीदका लागि छिटोमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने मङ्सिर १८ गतेसम्म विक्री लम्बिनेछ । यो इकाई खरीदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । इकाई विक्रीका लागि खुला गरिएको अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई खरीद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिने व्यवस्था छ । सो अवधिसम्म न्यूनतम संख्यामा इकाई विक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकहरूको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिने व्यवस्थासमेत छ । यो इकाई निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ । ७ वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिनेछ ।

सोमवारदेखि एनआईसी एशिया ग्रोथ फण्ड-२ ले इकाई विक्री गर्ने

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने भएको छ । क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड-२ सञ्चालनका लागि मंसिर ४ गते सोमवारदेखि इकाई जारी गर्न लागेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । विक्री गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । यो इकाई खरीदका लागि छिटोमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने मंसिर १८ गतेसम्म विक्री लम्बिनेछ । यो इकाई खरीदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । इकाई बिक्रीका लागि खुला गरिएको अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिने व्यवस्था छ । सो अवधिसम्म न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिने व्यवस्था समेत रहेको छ । यो इकाई निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । ७ वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयबाट आवेदन दिन सकिनेछ ।  साथै मेरो शेयर अनलाईन मार्फत समेत आवेदन दिन सकिनेछ ।

एनआईसी एशिया ग्रोथ फण्ड २ ले मंसिर ४ गतेदेखि इकाई जारी गर्ने

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड जारी गर्ने भएको छ । क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाई मंसिर ४ गतेदेखि जारी गर्न लागेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्रीमा ल्याउन लागेको हो । विक्री गरिने कुल इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागिएको हो । यो इकाई खरीदका लागि छिटोमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने मंसिर १८ गतेसम्म विक्री लम्बिनेछ । यो इकाई खरीदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ ।  इकाई विक्रीका लागि खुला गरिएको अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तिमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई खरीद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिने व्यवस्था छ । सो अवधिसम्म न्यूनतम संख्यामा इकाई विक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकहरूको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिने व्यवस्थासमेत छ । यो इकाई निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ । ७ वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयबाट आवेदन दिन सकिनेछ ।  साथै मेरो शेयर अनलाईनमार्फत समेत आवेदन दिन सकिनेछ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

बिहीवारदेखि फ्लेक्सी क्याप फण्ड निष्कासन गर्दै एनआईसी एशिया क्यापिटल

जेठ १८, काठमाडौं । एनआईसी एशिया क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने भएको छ । फण्डले एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड निष्कासनमा ल्याउन लागेको हो । फण्डले प्रतिइकाई रू. १० अंकित दरको १० करोड इकाई विक्रीमा ल्याउन लागेको हो । आवेदकले बिहीवारदेखि उक्त इकाईमा आवेदन दिन सक्नेछन् । निष्कासन गरिने कुल इकाईमध्ये बीज पूँजीबापत न्यूनतम १ करोड ५० लाख वा कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागेको हो। सो फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाइने छ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई विक्री नभएको खण्डमा असार २ गतेसम्म आवेदन म्याद थप गरिने  छ ।  ७ वर्षे अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर  एपबाट पनि आवेदन दिन सक्नेछन् ।  धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । यो एक बन्दमुखी योजना हो। आह्वान पत्र हेर्नका लागि यहाँ क्लिक गर्नुहोस:

जेठ १९ गतेदेखि एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई विक्रीमा

जेठ १०, काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले सञ्चालन गर्न लागेको एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई विक्रीको मिति तय गरेको छ ।  एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजनाको इकाई जेठ १९ गतेदेखि विक्री गर्ने भएको हो । प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई क्यापिटलले विक्री गर्न लागेको हो ।  सर्वसाधारणमा विक्री गर्न लागिएको कुल इकाईमध्ये बीज पूँजीबापत न्यूनतम १ करोड ५० लाख वा कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा आउन लागेको हो ।  यस इकाई खरीदका लागि न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म माग गर्न पाउने व्यवस्था गरेको छ । यस इकाई खरीदका लागि जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ ।  उक्त अवधिमा माग बमोजिम आवेदन नपरेको अवस्थामा भने असार २ गतेसम्म आवेदन म्याद थप गर्न सकिने व्यवस्था क्यापिटलले गरेको छ । इकाई निष्कासन तथा विक्री प्रवन्धकको जिम्मेवारी क्यापिटल आफैले पूरा गर्नेछ ।  इच्छुक आवेदकहरुले विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । बन्दमुखी प्रकृतिको यस योजना ७ वर्षमा परिपक्व हुनेछ ।

एनआईसी एशिया सेलेक्ट–३० को इकाई बाँडफाँट

असार २०, काठमाडौं । एनआईसी एशिया सेलेक्स–३० को इकाई बाँडफाँट भएको छ । एनआईसी एशिया क्यापिटलले असार १० गतेदेखि १४ गतेसम्म सार्वजनिक निष्कासनमार्फत विक्री गरेको इकाई आइतवार बाँडफाँट गरेको हो ।  एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्डको ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियो । योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले प्रति इकाई मूल्य रू. १० को कुल १० करोड इकाई मध्य बीज पूँजी वापत १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई बाँडफाँट गरेको छ ।  यो योजना सञ्चालनका लागि क्यापिटलले वैशाख ३१ गते स्वीकृति पाएको थियो । बन्दमुखी प्रकृतिको यस योजना ७ वर्षे अवधिको रहेको छ । यो इकाई विक्री प्रबन्धकको जिम्मेवारी पनि एनआईसी एशिया क्यापिटल लिमिटेडले पूरा गरेको छ ।

एनआईसी एशिया सेलेक्ट ३० (इन्डेक्स फण्ड) मा आजदेखि आवेदन दिन सकिने

असार १०, काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) मा आज (बिहीवार) देखि आवेदन दिन सकिने भएको छ । एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यस योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्रीमा ल्याउन लागेको हो ।  कुल १० करोड इकाईमध्ये बीज पूँजी बापत न्यूनतम एक करोड ५० लाख अर्थात् कुल निष्कासनको १५ प्रतिशत वा इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई विक्री गर्न लागेको हो ।  छिटोमा असार १४ र ढिलोमा असार २४ गतेसम्म विक्रीमा रहने यो इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम एक करोड इकाईसम्म आवेदन दिन सकिनेछ । यो सात वर्ष अवधि रहेको तेस्रो बन्दमुखी प्रकृतिको योजना हो । धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । आवेदकले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।