नयाँ म्युुचुअल फण्ड सञ्चालनमा ल्याउन एनआईसी एशिया म्युचुअल फण्डले धितोपत्र बोर्डमा दियो निवेदन

मंसिर २, काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डले नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउने भएको छ । फण्डले एनआईसी एशिया ग्रोथ फण्ड २ नामक म्युुचअल फण्ड सञ्चालनामा ल्याउन लागेको हो । फण्डले २० करोड इकाई निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएसँगै नयाँ म्युचुअल फण्ड सञ्चालनमा आउन लागेको हो । उक्त इकाई निष्कासन गर्नका लागि फण्डले कात्तिक १४ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । कोष व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित सामग्री

एनआईसी एशिया ग्रोथ फण्डले फागुन मसान्तमा कमायो रू. ८ करोड १३ लाख नाफा

काठमाडौं । एनआईसी एशिया  बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्डले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले फागुन मसान्तसम्ममा रू. ८ करोड १३ लाख नाफा कमाएको छ । यो नाफा माघ मसान्तको तुलनामा ३ प्रतिशत वृद्धि भएको हो । माघ मसान्तमा फण्डले रू. ७ करोड ८९ लाख नाफा कमाएको थियो । फागुन महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । माघ मसान्तमा फण्डको जम्मा आम्दानी रू. ८ करोड ९२ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ९ करोड २९ लाख पुगेको छ ।  त्यस्तै फण्डको न्याभ पनि माघ महीनाको तुलनामा फागुन महीनामा वृद्धि भएको छ । माघ मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ रहेकोमा फागुन मसान्तमा बढेर ११ रुपैयाँ ३ पैसा पुगेको हो । फण्डले सूचीकृत शेयरमा लगानी पनि बढाएको छ । माघ मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. ६१ करोड ६२ लाख लगानी गरेकोमा फागुन मसान्तमा बढाएर रू. ६५ करोड २४ लाख पुर्‍याएको हो । फागुन मसान्तसम्ममा फण्डको मुद्धति निक्षेपमा रू. १२ करोड ५० लाख रहेको छ ।  रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस

एनआईसी एशिया ग्रोथ फण्डले फागुन मसान्तमा कमायो रू. ८ करोड १३ लाख नाफा

काठमाडौं । एनआईसी एशिया  बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्डले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले फागुन मसान्तसम्ममा रू. ८ करोड १३ लाख नाफा कमाएको छ । यो नाफा माघ मसान्तको तुलनामा ३ प्रतिशत वृद्धि भएको हो । माघ मसान्तमा फण्डले रू. ७ करोड ८९ लाख नाफा कमाएको थियो । फागुन महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । माघ मसान्तमा फण्डको जम्मा आम्दानी रू. ८ करोड ९२ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ९ करोड २९ लाख पुगेको छ ।  त्यस्तै फण्डको न्याभ पनि माघ महीनाको तुलनामा फागुन महीनामा वृद्धि भएको छ । माघ मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ रहेकोमा फागुन मसान्तमा बढेर ११ रुपैयाँ ३ पैसा पुगेको हो । फण्डले सूचीकृत शेयरमा लगानी पनि बढाएको छ । माघ मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. ६१ करोड ६२ लाख लगानी गरेकोमा फागुन मसान्तमा बढाएर रू. ६५ करोड २४ लाख पुर्‍याएको हो । फागुन मसान्तसम्ममा फण्डको मुद्धति निक्षेपमा रू. १२ करोड ५० लाख रहेको छ ।  रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस

दोस्रो खुलामुखी सामुहिक लगानी कोष सञ्चालन गर्दै एनआईसी एशिया क्यापिटल

काठमाडौं ।  एनआईसी एशिया क्यापिटलले दोस्रो खुलामुखी सामुहिक लगानी कोष योजना संचालनको तयारी गरेको छ । क्यापिटलले एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि ’एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम’ नामको खुलामुखी योजना संचालन गर्न लागेको हो । क्यापिटलले योजना संचालनको लागि गत असार मै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा माघ २४ गते थप कागजात बुझाएको छ । यो योजनाको आकार १ अर्ब रहेको छ । यस योजना अन्तर्गत क्यापिटलले १० रुपैयाँ अंकित दरका १० करोड इकाई निष्कासन गर्ने छ । क्यापिटलले हाल ’एनआईसी एशिया डायनामिक डेट फण्ड’ नामको खुलामुखी योजना संचालन गरिरहेको छ ।  क्यापिटलले हाल एनआईसी एशिया ब्यालेन्स फण्ड, एनआइसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया सेलेक्ट ३० र एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड नामका बन्दमुखी म्युचुअल फण्ड योजना संचालन गरिरहेको छ ।

‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’

एनआईसी एशिया क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्दैछ । क्यापिटलले १९ जेठदेखि ‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’ नामक म्युचुअल फण्डको निष्काशन तथा बिक्री खुला गर्न लागेको बुधबार पत्रकारसम्मेलन गरि जानकारी दिदै ।

एनआईसी एशिया ब्यालेन्स फण्ड र ग्रोथ फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

भदौ २४, काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ब्यालेन्स फण्ड र ग्रोथ फण्डको नगद लाभांश सुरक्षित गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ ।  एनआईसी एशिया ब्यालेन्स फण्ड र एनआईसी ग्रोथ फण्डले इकाई वितरणको लागि भदौ २७ गते बुक क्लोज गर्ने भएसँगै बिहीवारसम्म शेयर कमायम गर्नुपर्ने भएको हो ।  एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स फण्डले इकाईधनीलाई कर सहित ३०/३० प्रतिशतका दरले नगद लाभांश वितरण प्रस्ताव निर्णय गरेका छन् ।

एनआईसी एशिया सेलेक्ट–३० को इकाई बाँडफाँट

असार २०, काठमाडौं । एनआईसी एशिया सेलेक्स–३० को इकाई बाँडफाँट भएको छ । एनआईसी एशिया क्यापिटलले असार १० गतेदेखि १४ गतेसम्म सार्वजनिक निष्कासनमार्फत विक्री गरेको इकाई आइतवार बाँडफाँट गरेको हो ।  एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्डको ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियो । योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले प्रति इकाई मूल्य रू. १० को कुल १० करोड इकाई मध्य बीज पूँजी वापत १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई बाँडफाँट गरेको छ ।  यो योजना सञ्चालनका लागि क्यापिटलले वैशाख ३१ गते स्वीकृति पाएको थियो । बन्दमुखी प्रकृतिको यस योजना ७ वर्षे अवधिको रहेको छ । यो इकाई विक्री प्रबन्धकको जिम्मेवारी पनि एनआईसी एशिया क्यापिटल लिमिटेडले पूरा गरेको छ ।

एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीन ओटै योजनाको एनएभी बढ्यो

असार १३, काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीनओटा योजनाले जेठ महीनाको वित्तीय विवरण आइतवार सार्वजनिक गरेका छन् ।  एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड र एनआईसी एशिया ब्यालेन्स फण्डले जेठ मसान्तसम्मको वित्तीय विवरण सर्वाजनिक गरेका हुन् । उक्त वित्तीय विवरण अनुसार तीनओटै योजनाको एनएभीमा वृद्धि भएको छ ।   एनआईसी एशिया ब्यालेन्स फण्डको एनएभी वैशाख मसान्तसम्ममा रू. १६ दशमलव २९ रहेकोमा जेठ मसान्तमा वृद्धि भएर रू. १७ दशमलव ७६ पुगेको हो । एनआईसी एशिया डाइनामिक डेप्ट फण्टको एनएभी जेठ मसान्त सम्ममा रू. ११ दशमलव ३९ पुगेको छ । यो मूल्य वैशाख मसान्त सम्ममा रू. ११ दशमलव १६ थियो ।  त्यसैगरी, एनआईसी एशिया ग्रोथ फण्डको वैशाख मसान्तमा एनएभी रू. १७ दशमलव ५५ रहेकोमा जेठ मसान्तमा वृद्धि भएर रू. १९ दशमलव ३५ पुगेको हो । यी तीन ओटै योजनाको एनएभी सँगै नाफामा पनि वृद्धि भएको छ । एनआईसी एशिया ग्रोथ फण्डको नाफा वैशाख मसान्तको तुलनामा जेठ मसान्तमा २३ प्रतिशतले वृद्धि भएको छ ।   यस योजनाले वैशाख मसान्तमा रू. ६२ करोड ८९ लाख ८ हजार नाफा कमाएकोमा जेठ मसान्तमा वृद्धि भएर रू. ७७ करोड ९४ लाख ६९ हजार पुगेको हो । त्यसैगरी एनआईसी एशिया डाइनमिक डेप्ट फण्डले वैशाख मसान्तसम्ममा रू. ५ करोड ७७ लाख ६० हजार नाफा कमाएकोमा जेठ मसान्तमा वृद्धि भएर रू. ६ करोड ९३ लाख ५५ हजार पुगेको हो ।  त्यस्तै, एनआईसी एशिया ब्यालेन्स फण्डको नाफा पनि वैशाख महीनाको तुलनामा जेठ महीनामा २३ प्रतिशतले वृद्धि भएको छ । योजनाले वैशाख मसान्तमा रू. ४७ करोड १८ लाख ४८ हजार नाफा कमाएकोमा जेठ मसान्त सम्ममा वृद्धि भएर रू. ५८ करोड २१ लाख ६० हजार पुगेको हो । यी तीनओटै याजनाले जेठ महीनामा लगानी गरेका कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएसँगै नाफा र एनएभीमा वृद्धि भएको हो ।

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीन ओटै योजनाको एनएभी बढ्यो

वैशाख १३, काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीन ओटा योजनाले गत चैत महीनाको वित्तीय विवरण सोमवार प्रकाशित गरेका छन् ।   एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले वित्तीय विवरण प्रकाशित गरेका हुन् । फागुन मसान्तसम्ममा एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको एनएभी रू. १० दशमलव ८६ रहेकोमा चैत मसान्तसम्ममा वृद्धि भएर रू. ११ दशमलव १० पुगेको हो । त्यसैगरी एनआईसी एशिया ब्यालेन्स फण्डको एनएभी चैत मसान्तसम्ममा रू. १६ दशमलव ५५ पुगेको छ । फागुन मसान्तसम्ममा योजनाको एनएभी रू. १५ दशमलव ५६ पुगेको थियो । एनआईसी एशिया ग्रोथ फण्डको एनएभी फागुन मसान्तसम्ममा रू.१६ दशमलव ६० रहेकोमा चैत मसान्तसम्ममा रू. १७ दशमलव ८६ पुगेको छ ।  एनआईसी एशिया ग्रोथ फण्ड फण्डले चैत मसान्तसम्ममा रू. ६५ करोड ६१ लाख नाफा कमाएको छ । उक्त योजनाले फागुन मसान्तसम्ममा रू. ५४ करोड ९९ लाख कमाएको थियो ।  एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले चैत मसान्तसम्ममा रू. ५ करोड ४९ लाख नाफा कमाएकोे छ । फागुन मसान्तको तुलनामा चैत मसान्तसम्ममा २५ प्रतिशतले नाफा वृद्धि भएको हो । फागुन मसान्तसम्ममा  योजनाले रू. ४ करोड ३७ लाख नाफा कमाएको थियो । एनआईसी एशिया ब्यालेन्स फण्डले चैत मसान्तसम्ममा रू. ४९ करोड १० लाख भन्दा बढी नाफा कमाएको छ ।  उक्त योजनाले फागुन मसान्तसम्ममा रू. ४१ करोड ६१ लाख नाफा कमाएको थियो ।  चैत मसान्तसम्ममा ती तीन ओटै योजनाको नाफामा वृद्धि भएको हो । ती तीन ओटै योजनाले चैत महीनामा लगानी गरेका कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएकाले एनएभी र नाफामा वृद्धि भएको हो ।