हेटौंडा : बागमती प्रदेशको प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन्।शुक्रबार बसेको संसद बैठकमा वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए। उनले उक्त अभिव्यक्ति शनिबार बसेको संसद बैठकको सुरुवातमा नै समय लिएर उक्त अभिव्यक्ति फिर्ता लिएका हुन्।बैठकको सुरुवातमै सभामुख सानुकुमार श्रेष्ठले वैद्यलाई समय दिएका थिए। वैद्यले वाक स्वतन्त्रताको प्रयोग गरेर निर्धक्कसँग बोल्न पाउने अधिकारको प्रयोग गर्दै बोल्ने क्रममा आफूले आवश्यकताभन्दा धेरै ब