बागमती प्रदेशसभाका सदस्य एवम् नेपाली कांगेसका नेता नरोत्तम वैद्यले बागमती प्रदेश सरकारले शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्नु पर्ने बताएका छन् ।शनिबार बसेको प्रदेशसभाको बैठकमा प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले संसद्मा छलफलका लागि पेश गरेको उच्च शिक्षा विधेयकका बारेमा सुझाव दिँदै सांसद् वैद्यले विश्वका अन्य मुलुकमा जस्तै नेपालमा पनि शिक्षा र स्वास्थ्य निशुल्क गर्नु पर्ने उनले बताए ।विदेशी मुलुकहरुमा शिक्षा र स्वास्थ्य निःशुल्क हुने गरेकाले नेपालले पनि सो नीतिलाई अँगाल्नु पर्ने सांसद