पुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै राप्ती सोनारीवासी

राँझा (बाँके), २५ फागुन । खहरेखोलामा पुल नहुँदा बाँकेको राप्ती सोनारी गाउँपालिकावासीले यात्रा गर्दा जोखिम मोल्नुपरिरहेको छ । गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले खहरेखोलामा पुल नहुँदा बालबालिकालाई विद्यालय पठाउन समेत समस्या भएको बताएका छन् । राप्ती सोनारी–९ खैरीटोलका लालबहादुर विकले स्थानीय डुडुवा खोलामा पुल नहुँदा काठको लप्कोबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताए […]

सम्बन्धित सामग्री

खोलामा पुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै सर्वसाधारण

गुल्मी : कालीगण्डकी गाउँपालिका वडा नम्वर ४ र ६ जोड्ने गुम्दीखोलामा पुल नहुँदा सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।विभिन्न कामको सिलसिलामा वारिपारि गर्न समस्या भएको स्थानीयवासी बताउँछन्। खोला भएर घाँस दाउरा गर्न र बस्तुभाउ चराउन जान पनि समस्या भएको उनीहरूको भनाइ छ।स्थानीय बलमान गाहाले हिउँदको समयमा पनि खोला ठूलो भएकाले यात्रा गर्न समस्या भएको गुनासो गरे। मोटरसाइकल लिएर वारपार गर्दा जोखिम रहेको स्थानीय अभियान थापाको भनाइ छ। खोलामा पुल निर्माण गर्न वर्षौँदेखि माग गरे पन

जीर्ण पुलमा जोखिम मोलेर यात्रा गर्दै नागरिक

काठमाडौँ,२५ कार्तिक । नेपाल–भारत सिमानामा रहेको बैतडीको झुलाघाटस्थित महाकाली नदी माथिको डेढ सय वर्ष पहिले बनेको पुल । सुदूरपहाडको मुख्य नाकामा रहेको यस जीर्ण पुलबाट आवतजावत गर्न नागरिक वाध्य छन् । तस्बिरः विनोद सिंह विष्ट/रासस

बीचैमा रोकिएको  ‘सेल्फी पुल’ स्थानीयले बनाए

विराटनगर: विराटनगर महानगरपालिका वडा नम्बर ६ मा नगरवासीको सक्रियतामा सेल्फी पुल निर्माण भएको छ। पुल निर्माण भएसँगै सो वडाको बिएफएम टोल र झरना चौक जोडिएका छन्। त्यहाँ अवस्थित नहरमा पुल नभएका कारण मानिसहरूलाई आउजाउमा निकै समस्या हुने गरेको थियो। निर्माण सम्पन्न भएसँगै साँझबिहान आउजाउ गर्न सजिलो भएको मञ्जित कामतले बताए। बाँसको पुलबाट यात्रा गर्दा साह्रै जोखिम मोल्नु पर्ने हुन्थ्यो, फलामको पुल निर्माण भएपछि त्यो जोखिम हट्यो,’ विराटनगर— ६ का कामतले भने।  बाँसको पुल हुँदा निक्कै ज

नाम मात्रैको मदनभण्डारी राजमार्ग, पुल नहुँदा सास्ती

गुल्मी : मदन भण्डारी राजमार्गअन्तर्गतको तम्घासदेखि सिमलटारी सडकखण्डमा पुल नहुँदा यात्रुलाई सास्ती भएको छ।सदरमुकाम तम्घासदेखि सिमलटारीसम्म २८ किलोमिटर कालोपत्रे रहेको मदन भण्डारी राजमार्ग छ। राजमार्गका खोलामा पुल नहुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य भएको मालिका गाउँपालिका–५ का सन्तोष महतराले गुनासो गरे।वर्षायाम र पानी पर्दा सो सडकबाट मोटरसाइकल लिएर जान नसकिने भन्दै राजमार्गको सडक छाडेर जोखिम मोलेर कच्ची सडक खोज्दै जान बाध्य भएको उनको भनाइ छ।  खोलाहरू बढ्दा ठुलठूला गाडी पनि बगाउने जस्तो

कावा खोलामा पुल नबन्दा स्थानीयलाई जोखिम

भाँचिएको भोजपुरको कावा खोलाको पुल पुनःनिर्माणमा ढिलाइ हुँदा स्थानीयवासी ज्यानको जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।...

जोखिमपुर्ण यात्रा

डोल्पा, २४ पुस: पिठ्युमा दाउराको भारी र हातमा पानीको बोतलसँगै जोखिमपूर्ण काठको लाप्को (काठको पुल) पार गरेर घर र्फकँदै गरेकी डोल्पाको मुड्केचुला गाउँपालिकास्थित मालुवाकुना बस्ने स्थानीय वृद्ध महिला । झोलङ्गे पुल नहुँदा स्थानीयहरु दैनिक जोखिम मोलेर आवतजावत गर्ने गर्दछन् ।-तस्वीर – रामचन्द्र न्यौपाने-रासस

पुल नबन्दाको सास्ती, २० मिनेटको बाटोलाई २ घण्टा

उदयपुर : राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी लोकमार्गको पूर्वी खण्डका खोला खहरेमा पुल निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ।पुल नबन्दा सामान्य वर्षामा समेत सवारीसाधन रोकिने गरेका छन्। यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। छोटो दूरीका कारण सडकको कालोपत्रेको काम सकिएसँगै यातायातका साधनको चाप बढे पनि खोला खहरेले गर्दा सवारीसाधन रोकिने गरेका छन्।पुल क्षेत्रमा ठूला–ठूला खाल्डाहरू रहेका कारण साना सवारीसाधन सञ्चालनमा कठिनाइ हुने गरेको बेल्टारका शम्भु पौडेल बताउँछन

ठेकेदार भागेपछि पुल निर्माण कार्य अलपत्र, जोखिमपूर्ण यात्रा गर्दै स्थानीय

रोल्पाको घोडागाउँ र प्यूठानको स्वर्गद्वारी जोड्ने घोडेखोलामा पक्की पुल समयमा नबन्दा स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य भएका छन्। ठेकेदार गायब भएपछि रोल्पा र प्यूठानको सिमानामा पर्ने घोडेखोलामा पक्की पुल...

पुल जीर्ण भएपछि जोखिम मोलेर यात्रा

कोया खोलामा रहेको पुल जीर्ण भएपछि तेह्रथुमको थोक्लुङ र इसिवुका बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । आठराई गाउँपालिका–७, थोक्लुङ र फेदाप गाउँपालिका–५, इसिवुको सीमास्थित कोयाखोलामा रहेको झोलुङ्गे पुल जीर्ण बनेको छ । वर्षा भएपछि कोयाखोलामा स्थानीयवासीलाई वारिपारि गर्न पुल अत्यावश्यक पर्छ । तर खोलामा भएको पुल जीर्ण बनेकाले स्थानीयवासी जोखिम मोलेर आवतजावत गर्ने…

जोखिम मोलेर यसरी यात्रा गर्छन् सर्वसाधारण, झोलुंगे पुल दुई वर्षमै जीर्ण

कपिलवस्तु : जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. १२ स्थित चरंगहवा नदीको झोलुंगे पुल जीर्ण भएपछि यहाँका बासिन्दा जोखिम मोलेर यात्रा गर्छन्। पुल अड्याउन निर्माण गरिएको पर्खालसँगैको ‘फाउण्डेसन’ बाढीले भत्काएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन्।  योे क्षेत्रमा पर्ने मानपुर र ...