जोखिम मोलेर यसरी यात्रा गर्छन् सर्वसाधारण, झोलुंगे पुल दुई वर्षमै जीर्ण

कपिलवस्तु : जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. १२ स्थित चरंगहवा नदीको झोलुंगे पुल जीर्ण भएपछि यहाँका बासिन्दा जोखिम मोलेर यात्रा गर्छन्। पुल अड्याउन निर्माण गरिएको पर्खालसँगैको ‘फाउण्डेसन’ बाढीले भत्काएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन्।  योे क्षेत्रमा पर्ने मानपुर र ...

सम्बन्धित सामग्री

भासिएको पुलबाट जोखिम मोलेर भेरी नदी वारपार गर्न बाध्य

सल्यान : सल्यान र जाजरकोटको सिमानामा पर्ने छेडागाडनजिकै भेरी नदीस्थित झोलुंगे पुल भासिएको एक वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन।गत वर्ष अविरल वर्षाका कारण पुल भासिएपछि बन्गाडकुपिण्डे नगरपालिका–२ बाँमेका बाउनडाँडा, पारिल्ला, चैते, कुरिल्लेल गायत जाजरकोटका झन्डै ३ सय परिवार जोखिम मोलेर वारपार गर्न बाध्य छन्।पिलर भासिएपछि झोलुंगे पुलको बीच भागले भेरी नदी छोए पनि अर्को विकल्प नभएपछि भासिएकै पुलबाट स्थानीय हिँड्न बाध्य छन्।स्थानीयलाई पालिकाको मुख्य बजार सल्लीबजार,  जाजरकोटको शिव

जोखिम मोलेर पुल तर्न बाध्य

सोरु गाउँपालिकाको कुलाहास्थित झोलुंगे पुल जीर्ण भएपछि स्थानीय जोखिम मोलेर पुल तर्न बाध्य छन् । पुल जीर्ण हुँदा कालै, खनाया, जिमा, पुरुमुरुका बासिन्दालाई वारिपारि गर्न मुस्किल भएको हो ।

भासिएको पुल मर्मत भएन

अविरल वर्षात्सँगै आएको पहिरोका कारण भासिएको सल्यान र जाजरकोटको सिमानामा पर्ने छेडागाड बजार नजिकै भेरी नदीको झोलुंगे पुल मर्मत भएको छैन । पुल मर्मत नहुँदा बन्गाडकुपिण्डे नगरपालिका–२ बाँमेका बाउनडाँडा, पारिल्ला, चैते र कुरिल्लेका स्थानीय जोखिम मोलेर वारपार गर्न बाध्य छन् ।

महाकाली नदीमा दुईओटा झोलुंगे पुल सञ्चालनको तयारी

दार्चुला । महाकाली नदीमा निर्माण भएका दुई ओटा झोलुंगे पुल सञ्चालनको तयारी गरिएको छ । नेपालमा भइरहेको स्थानीय तह निर्वाचनलगत्तै झोलुंगे पुल सञ्चालनमा ल्याउन लागिएको हो । पुल निर्माण भएको तीन महीनापछि दार्चुलाको व्याँस गाउँपालिका–४ स्थित मलघट्ट झोलुंगे पुल र मालिकार्जुन गाउँपालिका–६ बाँकुस्थित बाकु झोलुंगे पुल सञ्चालनको तयारी गरिएको हो । पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनले झोलुंगे पुल नियमित सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । ‘पुल निर्माण सकिएकोबारे हामीलाई पत्र आइपुगेको छ,’ उनले भने, ‘निर्वाचनलगत्तै पुल नियमित सञ्चालनका लागि गृहकार्य अघि बढाउँछौं ।’ झोलुंगे पुल निर्माण भएका स्थानमा दुवैतर्फ सुरक्षा व्यवस्थापन गर्ने विषयमा खलंगामा भएको नेपाल–भारतका सुरक्षा अधिकारीबीचको बैठकमा छलफल भएको थियो । प्रजिअ उपाध्यायले पुल नियमित सञ्चालनका लागि दुवै देशका अधिकारी सहमत भएको भन्दै आवश्यक सुरक्षा प्रबन्धको व्यवस्था मिलाएर चुनावपछि नियमित गराइने बताए । झोलुंगे पुल निर्माण भए पनि पुल हस्तान्तरण र नियमित भएको पत्र नआउँदा स्थानीयवासीले अहिले तुइनकै सहारामा महाकाली वारपार गर्नुपरेको छ । व्याँस गाउँपालिका–२ का नरेन्द्रसिंह धामीले पुल सञ्चालनमा नआउँदा स्थानीयवासीले जोखिम मोलेर तुइन प्रयोग गर्नुपरेको बताए । महाकाली नदीमाथि तुइन र ट्युब विस्थापन गर्न सस्पेन्सन ब्रिज डिभिजनले चार ठाउँमा एकैपटक झोलुंगे पुल निर्माण गरेको थियो ।  मलघट्टे तथा मालमा रू. २ करोड ७३ लाखको लागतमा र बाकु तथा बडुगाउँमा रू. २ करोड ५५ लाख ६४ हजार लागतमा पुल निर्माण गरिएको हो । निर्माण भएका पुल सञ्चालनका लागि भारतको तर्फबाट कुनै समस्या नभएको धार्चुलाका एसडीएम नन्दन कुमारले बताए । ‘नेपालका तर्फबाट आधिकारिक पत्र आएलगत्तै पुल नियमित सञ्चालनका लागि हामी तयार छौं,’ उनले भने । पुल नियमित सञ्चालन भएपछि त्यहाँ त्यसमा सुरक्षाकर्मीको उपस्थिति अनिवार्य हुन्छ । पुललाई चाँडो सञ्चालनमा ल्याउन सके स्थानीयवासीलाई समेत नियमित आवतजावतमा सहज हुने मालका बासिन्दा दानसिंह कार्कीले बताए । ‘अहिले त खोला सानो छ, अब बर्खा लाग्दै छ । नदीको सतह पनि दिनदिनै बढ्दै गएको छ । निर्माण भएका पुल झोलुंगे छिटो सञ्चालन गर्नुपर्छ,’ उनले भने । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दार्चुलामा तुइन विस्थापन कार्यक्रमका लागि ११ स्थानमा झोलुंगे पुल निर्माण गर्न जिल्लाबाट प्रस्तावसहित माग गरिएकोमा व्याँस ५ को तिगरम र लेकमको लालीमा पुल निर्माण भएर सञ्चालनमा आइसकेका छन् । रासस

सडक आयो, बनेन पुल

पर्वत-पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीको सिमखेत र फलेवास नगरपालिका–३ शंकरपोखरी जोड्ने मल्याङ्दी खोलामाथि झोलुंगे पुल निर्माण गर्न स्थानीयवासीले माग गरेको झण्डै आधा शताब्दी बितेको छ । तर पनि अझै उनीहरुको माग पूरा हुनसकेको छैन । वर्षौदेखि पुलको माग गर्दा पनि अझै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ । पुल नहुँदा जोखिम मोलेर स्थानीयवासी खोला वारपार गर्न बाध्य […]

दोधारा चाँदनीको कञ्जभोज जोड्न जोगबुढा नदीमा पक्की पुल

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजको जोगबुढा नदीमा पक्की पुल निर्माण पूरा भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का प्रक्रियाद्वारा पुल निर्माण गरेको हो । मित्र निर्माण सेवाले १६ करोडको लागतमा पुल निर्माण गरेको छ । चार वर्ष लगाएर निर्माण गरिएको पुलको लम्बाइ १७१ मिटर छ । पुल निर्माण नहुँदा यस क्षेत्रका बासिन्दाले निकै सास्ती खेप्दै आएका थिए । नदी तर्न बनाइएको झोलुंगे पुल जीर्ण हुँदा जोखिम मोलेर स्थानीय बासिन्दाले नदी वारपार गर्दै आएका थिए । नदीमा पक्की पुल निर्माण भएपछि सहजरूपमा आजतजावत गर्न सकिने भएको वडाध्यक्ष ज्ञानेन्द्र बहेकले बताए । रासस

पुल नहुँदा सुकेकाे दाउरामा बसेर नदी तर्छन् स्थानीय

धनकुटा : चौबिसे गाउँपालिका ५ सदामटार र छथर गाउँपालिका ४ तेलिया बीचको तमोर नदीमा झोलुंगे पुल नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ। बर्खामा नदी उर्लिएर आउने हुँदा जोखिम मोलेर स्थानीयले यात्रा गर्नुपर्ने बाध्यता छ। अस्थायी रूपमा सुकेका दाउराबाट बनाइएको चेफाबाट नदी तरेर दिनहुँ सयौँ स्थानीय आउने जाने गर्छन्। झोलुं...