ठेकेदार भागेपछि पुल निर्माण कार्य अलपत्र, जोखिमपूर्ण यात्रा गर्दै स्थानीय

रोल्पाको घोडागाउँ र प्यूठानको स्वर्गद्वारी जोड्ने घोडेखोलामा पक्की पुल समयमा नबन्दा स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य भएका छन्। ठेकेदार गायब भएपछि रोल्पा र प्यूठानको सिमानामा पर्ने घोडेखोलामा पक्की पुल...

सम्बन्धित सामग्री

जोखिमपूर्ण बन्दै कमला नदीको काठे पुल

सिरहा । दैनिक हजारभन्दा बढी मोटरसाइकल आवतजावत हुँदै आएको हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीमा सञ्चालनमा आएको काठको पुल जीर्ण बन्दै गएको छ । वर्षायाम शुरु भएसँगै गत असारदेखि नदीमा पानीका बहाव बढेपछि सिरहा नगरपालिकाले तत्कालका लागि बाँस प्रयोग गरी अस्थायी प्रकृतिको काठको पुल बनाएको थियो ।  १२ वर्षदेखि निर्माणाधीन कमलाको पक्की पुल समयमा सम्पन्न नहुँदा यात्रु अस्थायी पुलमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बर्खायाममा हुलाकी मार्गका यात्रु तथा नदी वारिपारिका दुवै जिल्लाका स्थानीयवासीलाई आवतजावत गर्न सास्ती पर्ने गरेको छ ।  ‘नजिकैको बजार पनि यतै छ, नातेदार पनि यतै छन्,’ पुल तरेर सिरहा बजार आएका धनुषाको कमला नगरपालिका निवासी अन्सारुल राइनले भने, ‘बिहानसम्म आवतजावत सहज थियो । तर, अहिले दिउँसो पुलमाथिका काठ भाँचिन लागेछन् । स्थानीय युवाले काठका फलेकमा काँटी ठोकेर मर्मत गरेकाले जसोतसो पुल पार गरियो ।’ नगरपालिकाले यही काठको पुल पनि मर्मतसम्भारमा ध्यान नदिएको उनले गुनासो गरे ।   यात्रुलाई नदी वारपार गर्नलाई नजिकैको अर्को कुनै विकल्प नभएको सिरहा नगरपालिका—६ का वडा सदस्य उमेश यादव बताउँछन् । ‘यहाँको दुर्गति भनेकै यो पक्की पुल निर्माणमा ढिलाइ गर्नु हो । विकल्पको रूपमा आवतजावत गर्नलाई कि त पूर्व–पश्चिम महेन्द्र राजमार्ग मिर्चैया—कर्जना भएर वा सीमावर्ती भारतीय बजार जयनगर पुगेर करीब दुई घण्टा लामो यात्रा गर्नुपर्छ,’ यादवले भने, ‘निर्माणाधीन पक्की पुल बन्छ र सहज यात्रा होला भनेर आशामै बसेको पनि एक दशकभन्दा बढी भइसक्यो । खोइ कहिले सम्पन्न हुने हो कुनै निश्चित छैन ।’ हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुल निर्माण सम्झौता भएको १२ वर्षपछि सञ्चालन नहुँदै दुई वर्षअघि भाँसिएको थियो । विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो तर पटक पटक म्याद थपेर करीब १० वर्ष लाग्यो ।  निर्माण कम्पनीले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला विसं २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भाँसिएपछि पुनःनिर्माणको काम तत्काललाई अनिश्चित भयो । निर्माण कम्पनी लुम्बिनी विल्डर्स कन्सट्रक्सनले आगामी चैत मसान्तसम्म भाँसिएको पुल पुनःनिर्माण गर्ने गरी काम शुरु गरेको थियो । तर, कमला नदीमा बढेको पानीको बहावका कारण पुनःनिर्माणको काम असार नलाग्दै रोकियो । निर्माण कम्पनीका अनुसार तिहार तथा छठ पर्वपछिबाट रोकिएको पुल निर्माणको काम पुनः सञ्चालन हुनेछ। रासस

पुल निर्माण हुने भएपछि स्थानीय खुसी

काठमाडौँ, १२ चैत । कैलालीको टीकापुरवासीको एउटा सपना हो– कर्णाली नदीको सन्कट्टीमा पक्की पुल । पुल निर्माण भए कर्णाली नदीमा डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न नपरोस भन्ने चाहना छ । यही आशाले अब मूर्तरुप लिनेभएपछि स्थानीय खुसी भएका छन् । लामो समयदेखि पटक–पटक पुलका लागि बहस र छलफल भए पनि पुल निर्माण सार्थक टुङ्गोमा पुग्न सकेको […]

११ वर्षपछि पुल निर्माण अन्तिम चरणमा

कैलाली । निर्माण शुरू भएको ११ वर्षपछि कैलालीको भजनी नगरपालिका–३ मा पर्ने कान्द्रा नदीको पुल निर्माण सम्पन्न हुने भएको छ । पुलको काममा ढिलाइ हुँदा भोगेको सास्ती अब हट्ने विश्वासमा स्थानीयवासी छन् । पुलको बीचको स्पानको ढलान भएपछि पुल बन्ने आशा जागेको भजनी नगरपालिकाका स्थानीय रुद्र चौधरीले बताए । ‘पुलको काम प्रत्येक वर्ष शुरू हुँदा यस वर्ष काम सकिन्छ भन्ने आशा जाग्थ्यो । बर्खा लागेपछि हालत उस्तै हुन्थ्यो,’ उनले भने, ‘अब काम सम्पन्न हुने देखिएको छ ।’ भजनी नगरपालिका–३ का अध्यक्ष विक्रम चौधरीले पुल निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेपछि भजनीवासीको पुलबाट आवागमन गर्ने चाहना पूरा हुन लागेको बताए । ‘दुई स्पानको काम गतवर्ष नै सम्पन्न भएको थियो । बाँकी रहेको एक स्पानको ढलान भएको छ । एक दशकपछि बल्ल पुल बन्ने भयो,’ उनले भने । विशेषगरी बर्खाको समयमा भजनीका स्थानीयवासीलाई ओहोरदोहोर गर्न कान्द्रा नदीका कारण निकै समस्या थियो । डुंगाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा रहेका भजनीका स्थानीयले डुंगाको सहायता लिएबापत पैसा तिर्नुपर्थ्यो। नदी तरेको पैसा तिर्दै आएका आफूहरू पुल निर्माण भएपछि लाभान्वित हुने स्थानीय दीपक बोहराले बताए । ‘बर्खाको समयमा भजनीका अधिकांश बस्ती बाढी र डुबानमा हुन्छन् । त्यो समयमा गाउँमा कोही बिरामी पर्दा पनि अस्पतालसम्म पुर्‍याउन निकै कठिन हुन्छ । त्यसको कारण कान्द्रा नदी हो,’ उनले भने, ‘पुल बनेपछि समस्याको समाधान हुनेमा आशा छ ।’ १०० मिटर लामो सो पुलको ठेक्का सम्झौता २०६८ जेठ ३१ मा भएको थियो । शुरूको समय डिजाइन परिवर्तनका कारण निर्माणमा ढिलाइ भएको थियो । बिरुवा/लामा/शेर्पा साल्पा जेभीले पुल निर्माणको ठेक्का पाएको थियो । पुल निर्माणका लागि कैयौंपटक म्याद थप गर्दा पनि पूरा हुन सकेको थिएन । रू. तीन करोड ४५ लाख २० हजार लागतमा पुल निर्माणको ठेक्का लगाइएको थियो । पुल निर्माण अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी दीपक सुनारले जानकारी दिए । रासस

उम्मेदवारसँग मतदाताको अपेक्षा : खोलामा तटबन्धनसँगै पुल निर्माण

जनकपुरधाम-  बलुवा खोलामा पुल निर्माण नहुदाँ बर्सेनि वर्षायाममा डुबान र कटानको समस्या भोग्दै आएका धनुषाधाम नगरपालिकाको सरसा, रामपुर, लवटोलियासहित एक दर्जनभन्दा बढी गाउँका स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।  धनुषाधाम बजारसम्म आवतजावत गर्ने सो क्षेत्रका स्थानीय एकातिर खोलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् भने अर्कोतिर खोला गहिरो भएकाले बाढीका बेला सवारीसाधन नै भासिने […]

यस्ता छन् धनुषामा उम्मेदवारसँग मतदाताका अपेक्षा

बलुवा खोलामा पुल निर्माण नहुँदा बर्सेनि वर्षायाममा डुबान र कटानको समस्या भोग्दै आएका धनुषाधाम नगरपालिकाको सरसा, रामपुर, लवटोलियासहित एक दर्जनभन्दा बढी गाउँका स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।धनुषाधाम बजारसम्म आवतजावत गर्ने सो क्षेत्रका स्थानीय एकातिर खोलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् भने अर्कोतिर खोला गहिरो भएकाले बाढीका बेला सवारीसाधन नै भासिने जोखिम छ ।“आफ्नो गाउँदेखि पाँच किलोमिटरको दूरीमा रहेको धनुषाधाम बजारसम्म पुग्न ठूलो समस्या छ”, रामपुरकी श्यामाद

पुल बन्यो तर बाँसको भर्याङ सहारा

मकवानपुर र सिन्धुली जिल्ला जोड्न बागमती नदीमा पुल निर्माण सुरु भएको १० वर्ष भइसक्दा पनि पुल निर्माणले पूर्णता पाउन नसक्दा स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । निर्माणाधीन पक्की पुलका सबै स्पान ढलान सकेर निर्माण अन्तिम चरणमा पुग्दासमेत स्थानीयवासीको पीडा उस्तै छ । पुल बनेपछि सहजै आवतजावत गर्ने स्थानीयवासीको अनुमानविपरीत अहिले जोखिमपूर्ण रूपमा बाँसको भ¥याङबाट पुलमा चढेर ओहोरदोहोर गर्नु स्थानीयवासीको दैनिकी बनेको छ । हेर्दै ज्यान सिरिङ्ग हुने ठाडो बाँसको भ¥याङबाट तारको सहारामा दैनिक दुई सय जनाभन्दा बढी आवतजावत गर्न बाध्य छन् ।

पुल नहुँदा हिउँदमा मात्र व्यापार

राष्ट्रिय गौरवको हुलाकी राजमार्गको झापा सडक खण्डमा पुल निर्माण अलपत्र छ । झापादेखि दाङसम्म निर्माणधीन सडक खण्डमा विगत ८ वर्षदेखि निर्माण सुरु गरिएको पुल अलपत्र परेको हो । पुल नहुँदा बाह्रदशी र झापा गाउँपालिकाका स्थानीय वर्षौदेखि विरिङ नदीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बाह्रदर्शी गाउँपालिका–२का रामप्रसाद पण्डित घर बनाउने सिमेन्टको पिलर निर्माण तथा बिक्री गर्छन् ।

म्याग्दीकाे दुर्गम बस्ती जोड्न १० वटा नयाँ झोलुङ्गे पुल निर्माण

म्याग्दी – जिल्लाको अति दुर्गम क्षेत्रमा धमाधम झोलुुङ्गे पुल निर्माण भएको छ ।  नजिकैको बस्तीमा पुग्नसमेत अक्करे भिर, साँघुरो बाटो र खोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा रहेका स्थानीय बासिन्दाले झोलुङ्गे पुल बनेसँगै सहज आवतजावत गर्न पाएका छन् । स्थानीय निकाय, झोलुङ्गे पुल सहयोग एकाइ (टीबीएसयु)को आर्थिक सहयोग...