बीचैमा रोकिएको  ‘सेल्फी पुल’ स्थानीयले बनाए

विराटनगर: विराटनगर महानगरपालिका वडा नम्बर ६ मा नगरवासीको सक्रियतामा सेल्फी पुल निर्माण भएको छ। पुल निर्माण भएसँगै सो वडाको बिएफएम टोल र झरना चौक जोडिएका छन्। त्यहाँ अवस्थित नहरमा पुल नभएका कारण मानिसहरूलाई आउजाउमा निकै समस्या हुने गरेको थियो। निर्माण सम्पन्न भएसँगै साँझबिहान आउजाउ गर्न सजिलो भएको मञ्जित कामतले बताए। बाँसको पुलबाट यात्रा गर्दा साह्रै जोखिम मोल्नु पर्ने हुन्थ्यो, फलामको पुल निर्माण भएपछि त्यो जोखिम हट्यो,’ विराटनगर— ६ का कामतले भने।  बाँसको पुल हुँदा निक्कै ज