नाम मात्रैको मदनभण्डारी राजमार्ग, पुल नहुँदा सास्ती

गुल्मी : मदन भण्डारी राजमार्गअन्तर्गतको तम्घासदेखि सिमलटारी सडकखण्डमा पुल नहुँदा यात्रुलाई सास्ती भएको छ।सदरमुकाम तम्घासदेखि सिमलटारीसम्म २८ किलोमिटर कालोपत्रे रहेको मदन भण्डारी राजमार्ग छ। राजमार्गका खोलामा पुल नहुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य भएको मालिका गाउँपालिका–५ का सन्तोष महतराले गुनासो गरे।वर्षायाम र पानी पर्दा सो सडकबाट मोटरसाइकल लिएर जान नसकिने भन्दै राजमार्गको सडक छाडेर जोखिम मोलेर कच्ची सडक खोज्दै जान बाध्य भएको उनको भनाइ छ।  खोलाहरू बढ्दा ठुलठूला गाडी पनि बगाउने जस्तो