कोया खोलामा रहेको पुल जीर्ण भएपछि तेह्रथुमको थोक्लुङ र इसिवुका बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । आठराई गाउँपालिका–७, थोक्लुङ र फेदाप गाउँपालिका–५, इसिवुको सीमास्थित कोयाखोलामा रहेको झोलुङ्गे पुल जीर्ण बनेको छ । वर्षा भएपछि कोयाखोलामा स्थानीयवासीलाई वारिपारि गर्न पुल अत्यावश्यक पर्छ । तर खोलामा भएको पुल जीर्ण बनेकाले स्थानीयवासी जोखिम मोलेर आवतजावत गर्ने…