धरान उपमहानगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादीबाट उम्मेदवारी

विराटनगर : धरान उपमहानगरपालिकाको लागि तीन दलीय गठबन्धनबाट नेपाली कांग्रेस र नेकपा माओवादीबाट मेयर र उपमेयरमा उम्मेदवारी दिइएको छ। नेपाली काँग्रेसका तर्फबाट मेयरमा किशोर राई र उपमेयरमा नेकपा माओवादी केन्द्रबाट आइन्द्र विक्रम बेघालाई उम्मेदवार बनाइएकाे हो।लामो  समयको छलफल पछि उम्मेदवारी दर्ता गर्ने अन्तिम  समयमा  तीन दलीय गठबन्धनले धरानको मेयरमा  राईलाई उम्मेदवारी दिइएको हो।खेलकुद क्षेत्रमा समेत दखल राख्ने राई ०७४ मङ्सिरमा भएको प्रदेशसभा चुनावमा सुनसरी क्षेत्र नम्बर १

सम्बन्धित सामग्री

हर्क साम्पाङको मोडल अपनाउँदै खोटाङमा पनि सुरु भयो श्रमदान अभियान

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले धरान उपमहानगर प्रमुख ‘हर्क साम्पाङ मोडल’ अपनाउँदै श्रमदान अभियान थालेको छ।...

धरान र इटहरी उपमहानगरबीच अन्तरपालिका सीमा विवाद

मोरङ – अन्तरपालिका सीमा क्षेत्रलाई लिएर सुनसरीको धरान उपमहानगर र इटहरी उपमहानगरबीच विवाद सिर्जना भएको छ। केही दिनअघि धरान उपमहानगरले पानीपिया भन्ने क्षेत्रमा सीमा क्षेत्रको सांकेतिक बोर्ड राखेपछि विवाद बढेको हो। आइतबार धरान उपमहानगरले पुरानो सीमाक्षेत्र नाघेर पानीपियामा बोर्ड राखेसँगै राति नै राष्ट्रिय युवा संघ इटहरीले सो बोर्ड हटाएका थिए। यसबारे इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण […]

मेयर र वडाध्यक्षको ‘टसल’मा अल्झिएको धरान उपमहानगर

विराटनगर  : लाहुरेको शहर  धरान दशकौँदेखि पानीको अभावले काकाकुल हुनुपरेको छ। समयसँगै बढ्दै गएको जनघनत्वका कारण वितरण हुने पानीको समस्या पनि उत्तिकै बढ्दै गएको  छ।त्यसो त धराने जनताले बेहोरेको पानीको अभाव स्थानीय निर्वाचनको प्रमुख एजेण्डा हो भन्ने कुरामा कुनै दुईमत  पनि छैन। यही एजेण्डालाई टेकेर ०७४ को स्थानीय निर्वाचनमा  उपमहानगरको बाघडोर सम्हाल्न स्व. तारा सुब्बा र उपमेयरमा मन्जु भण्डारीलाई धराने जनताले निर्वाचित गरेर पठाए।  सुब्बाको निधनपछि ०७६ सालको उपनिर्वाचनमा&n

श्रमदानमा रमाउँदै धरान उपमहानर प्रमुख हर्कराज राई

धरान उपमहानगर प्रमुख हर्कराज राईले प्राय: श्रमदानमा रमाएको पाइन्छ । शनिवार पनि उनी खानेपानीको लागि धरानकै पकुवा खोलामा श्रमदानमा व्यस्त भए।  खानेपानीको मुद्दा उठाएर उपमहानगर प्रमुखमा निर्वाचित भएपछि उनी  खानेपानी संरचनाको मर्मत, वितरण र नयाँ स्रोत खोजीमा केन्द्रित भएका छन् । धरानको  मुख्य समस्या खानेपानी हो। यो विषय हरेक चुनावमा एजेन्डा बने पनि पानी वितरणको समस्या हालसम्म समाधान हुन सकेको छैन ।  उपमहानगर प्रमुख राईको चुनावको मुख्य एजेन्डा खानेपानी नै थियो। सोही अनुरुप प्रमुख

धरान काँग्रेसमा सल्लाहकार, सदस्य र विभागीय संयोजक मनोनीत

नेपाली काँग्रेस धरान उपमहानगर समितिका सचिव जितेन्द्र राईलाई पार्टीको प्रवक्ता तथा प्रचार प्रसार समितिको संयोजकको जिम्मेवारी दिइएको छ । काँग्रेस उपमहानगर समितिको धरान १५ स्थित होटल धरान किचनमा सभापति श्याम पोख्रेलको सभापतित्वमा आज बसेको दोस्रो पूर्ण बैठकले विभिन्न विभागहरू गठन गर्नुका साथै पार्टीका सल्लाहकार र सदस्यहरू मनोनीत गरेको हो । उपसभापतिद्वय नरेन्द्र कुमार राई (प्रवीण)लाई संगठन विभाग संयोजकको जिम्मेवारी दिइएको छ भने सन्तोष लिम्बुलाई अव्यवस्थित बसोबास संरक्षण समन्वय समिति संयोजकको जिम

सार्वजनिक जग्गामा बनेका घर र टहरा हटाउँदै धरान उपमहानगर

फागुन १६, धरान । धरान उपमहानगरपालिकाले २०७२ यता अनधिकृतरुपमा टहरा बनाएर बसेकालाई हटाउने निर्णय गरेको छ ।  धरान–१७ स्थित सर्दुखोला किनार आसपासका क्षेत्रमा अनधिकृतरुपमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर र टहरा बनाउने कार्य नरोकिएकाले त्यसलाई हटाउने निर्णय गरिएकोे हो । आइतवार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको उपस्थितिमा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले जानकारी दिए ।  सर्वपक्षीय बैठकले २०७२ सालपछि सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका बस्ती क्रमबद्धरुपमा हटाउने निर्णय गरेको उनको भनाइ थियो ।  उक्त कार्यको सुरुआत वडा नं १७ स्थित नयाँ अतिक्रमित क्षेत्रबाट गरिने भएको छ । धरान उपमहानगरपालिका वडा नं १७ देवीथान र कालापानीलगायत विभिन्न खोलाको किनारा, बगर र बहाव क्षेत्र अतिक्रमण गरी रातारात बस्ती बस्ने क्रम नरोकिएकाले स्थानीय राजनीतिक दलका पदाधिकारी तथा सरोकारवाला निकायका पदाधिकारीको सहभागितामा उपमहानगरले छलफल गराएको थियो ।  खुला क्षेत्र र सार्वजनिक जग्गाको संरक्षणमा अवरोध पुग्नाका साथै नगरको सुन्दरता नै कुरुप हुनेगरी गरिएको अतिक्रमण हटाउनु पर्नेमा सबैले बैठकमा प्रतिबद्धता जानकारी दिएका थिए । सुकुम्बासीको नाममा खुला क्षेत्र र खोला किनार अतिक्रमण गरी बस्ती बसाउने क्रम बढेको र उनीहरुलाई दलका नेताहरुले नै उक्साउने गरेको पाइएको बताइएको थियो । रासस

एमाले धरान विवाद: ६ महिनाभित्र अधिवेशन गर्न निर्देशन

नेकपा एमाले धरान उपमहानगर कमिटीको विवाद मत्थर बनाउन ६ महिनाभित्र अधिवेशन गर्न सुनसरी जिल्ला कमिटी निर्देशन दिएको छ।...

धरानमा नेकपा एमालेको दुई कमिटी घोषणा

नेकपा एमाले धरान उपमहानगर कमिटीको विवाद नमिले पछि छुट्टाछुट्टै अधिवेशन गरेको दुई समूहले आ-आफ्नो पक्षको कमिटी घोषणा गरेको छ।...

स्थानीय तहका अधिवेशन सम्पन हुँदै

धरान उपमहानगर कार्यसमितिको निर्वाचनमा नेता रामचन्द्र पौडेल पक्षका सभापति उम्मेदवार श्याम पोखरेल र उनको प्यानल विजयी भएको छ।...