सार्वजनिक जग्गामा बनेका घर र टहरा हटाउँदै धरान उपमहानगर

फागुन १६, धरान । धरान उपमहानगरपालिकाले २०७२ यता अनधिकृतरुपमा टहरा बनाएर बसेकालाई हटाउने निर्णय गरेको छ ।  धरान–१७ स्थित सर्दुखोला किनार आसपासका क्षेत्रमा अनधिकृतरुपमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर र टहरा बनाउने कार्य नरोकिएकाले त्यसलाई हटाउने निर्णय गरिएकोे हो । आइतवार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको उपस्थितिमा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले जानकारी दिए ।  सर्वपक्षीय बैठकले २०७२ सालपछि सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका बस्ती क्रमबद्धरुपमा हटाउने निर्णय गरेको उनको भनाइ थियो ।  उक्त कार्यको सुरुआत वडा नं १७ स्थित नयाँ अतिक्रमित क्षेत्रबाट गरिने भएको छ । धरान उपमहानगरपालिका वडा नं १७ देवीथान र कालापानीलगायत विभिन्न खोलाको किनारा, बगर र बहाव क्षेत्र अतिक्रमण गरी रातारात बस्ती बस्ने क्रम नरोकिएकाले स्थानीय राजनीतिक दलका पदाधिकारी तथा सरोकारवाला निकायका पदाधिकारीको सहभागितामा उपमहानगरले छलफल गराएको थियो ।  खुला क्षेत्र र सार्वजनिक जग्गाको संरक्षणमा अवरोध पुग्नाका साथै नगरको सुन्दरता नै कुरुप हुनेगरी गरिएको अतिक्रमण हटाउनु पर्नेमा सबैले बैठकमा प्रतिबद्धता जानकारी दिएका थिए । सुकुम्बासीको नाममा खुला क्षेत्र र खोला किनार अतिक्रमण गरी बस्ती बसाउने क्रम बढेको र उनीहरुलाई दलका नेताहरुले नै उक्साउने गरेको पाइएको बताइएको थियो । रासस

सम्बन्धित सामग्री

हर्क साम्पाङको मोडल अपनाउँदै खोटाङमा पनि सुरु भयो श्रमदान अभियान

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले धरान उपमहानगर प्रमुख ‘हर्क साम्पाङ मोडल’ अपनाउँदै श्रमदान अभियान थालेको छ।...

मेयर र वडाध्यक्षको ‘टसल’मा अल्झिएको धरान उपमहानगर

विराटनगर  : लाहुरेको शहर  धरान दशकौँदेखि पानीको अभावले काकाकुल हुनुपरेको छ। समयसँगै बढ्दै गएको जनघनत्वका कारण वितरण हुने पानीको समस्या पनि उत्तिकै बढ्दै गएको  छ।त्यसो त धराने जनताले बेहोरेको पानीको अभाव स्थानीय निर्वाचनको प्रमुख एजेण्डा हो भन्ने कुरामा कुनै दुईमत  पनि छैन। यही एजेण्डालाई टेकेर ०७४ को स्थानीय निर्वाचनमा  उपमहानगरको बाघडोर सम्हाल्न स्व. तारा सुब्बा र उपमेयरमा मन्जु भण्डारीलाई धराने जनताले निर्वाचित गरेर पठाए।  सुब्बाको निधनपछि ०७६ सालको उपनिर्वाचनमा&n

धरान उपमहानगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादीबाट उम्मेदवारी

विराटनगर : धरान उपमहानगरपालिकाको लागि तीन दलीय गठबन्धनबाट नेपाली कांग्रेस र नेकपा माओवादीबाट मेयर र उपमेयरमा उम्मेदवारी दिइएको छ। नेपाली काँग्रेसका तर्फबाट मेयरमा किशोर राई र उपमेयरमा नेकपा माओवादी केन्द्रबाट आइन्द्र विक्रम बेघालाई उम्मेदवार बनाइएकाे हो।लामो  समयको छलफल पछि उम्मेदवारी दर्ता गर्ने अन्तिम  समयमा  तीन दलीय गठबन्धनले धरानको मेयरमा  राईलाई उम्मेदवारी दिइएको हो।खेलकुद क्षेत्रमा समेत दखल राख्ने राई ०७४ मङ्सिरमा भएको प्रदेशसभा चुनावमा सुनसरी क्षेत्र नम्बर १

राप्रपा धरानको मेयर र उपमेयरमा सर्वसम्मत उम्मेदवार चयन

आज (मंगलबार) बसेको बैठकले मेयरमा नरेश शाक्य र उपमेयरमा पुर्णिमाया राईलाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा धरान उपमहानगर अध्यक्ष नविन पराजुलीले जानकारी दिए।...

धरानको मेयरमा कांग्रेसबाट ९ जना र उपमेयरमा १० जना सिफारिस

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि नेपाली कांग्रेस धरान उपमहानगर समितिले मेयरमा ९ जना र उपमेयरमा १० जना उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गरेको छ।...

एमाले धरान विवाद: ६ महिनाभित्र अधिवेशन गर्न निर्देशन

नेकपा एमाले धरान उपमहानगर कमिटीको विवाद मत्थर बनाउन ६ महिनाभित्र अधिवेशन गर्न सुनसरी जिल्ला कमिटी निर्देशन दिएको छ।...

धरानमा नेकपा एमालेको दुई कमिटी घोषणा

नेकपा एमाले धरान उपमहानगर कमिटीको विवाद नमिले पछि छुट्टाछुट्टै अधिवेशन गरेको दुई समूहले आ-आफ्नो पक्षको कमिटी घोषणा गरेको छ।...

धरानमा एमालेको ६ वटा वडामा छुट्टाछुट्टै वडा कमिटी घोषणा

नेकपा एमालेको १४ औं महाधिवेशन अन्तर्गत शनिबार धरान उपमहानगर कमिटीको वडा अधिवेशनमा अधिकांश वडामा सहमति भएपनि ६ वटा वडामा छुट्टाछुट्टै कमिटी बनेको छ।...

स्थानीय तहका अधिवेशन सम्पन हुँदै

धरान उपमहानगर कार्यसमितिको निर्वाचनमा नेता रामचन्द्र पौडेल पक्षका सभापति उम्मेदवार श्याम पोखरेल र उनको प्यानल विजयी भएको छ।...