विराटनगर : लाहुरेको शहर धरान दशकौँदेखि पानीको अभावले काकाकुल हुनुपरेको छ। समयसँगै बढ्दै गएको जनघनत्वका कारण वितरण हुने पानीको समस्या पनि उत्तिकै बढ्दै गएको छ।त्यसो त धराने जनताले बेहोरेको पानीको अभाव स्थानीय निर्वाचनको प्रमुख एजेण्डा हो भन्ने कुरामा कुनै दुईमत पनि छैन। यही एजेण्डालाई टेकेर ०७४ को स्थानीय निर्वाचनमा उपमहानगरको बाघडोर सम्हाल्न स्व. तारा सुब्बा र उपमेयरमा मन्जु भण्डारीलाई धराने जनताले निर्वाचित गरेर पठाए। सुब्बाको निधनपछि ०७६ सालको उपनिर्वाचनमा&n