नेपाली काँग्रेस धरान उपमहानगर समितिका सचिव जितेन्द्र राईलाई पार्टीको प्रवक्ता तथा प्रचार प्रसार समितिको संयोजकको जिम्मेवारी दिइएको छ । काँग्रेस उपमहानगर समितिको धरान १५ स्थित होटल धरान किचनमा सभापति श्याम पोख्रेलको सभापतित्वमा आज बसेको दोस्रो पूर्ण बैठकले विभिन्न विभागहरू गठन गर्नुका साथै पार्टीका सल्लाहकार र सदस्यहरू मनोनीत गरेको हो । उपसभापतिद्वय नरेन्द्र कुमार राई (प्रवीण)लाई संगठन विभाग संयोजकको जिम्मेवारी दिइएको छ भने सन्तोष लिम्बुलाई अव्यवस्थित बसोबास संरक्षण समन्वय समिति संयोजकको जिम