जाजरकोट र रुकुमपश्चिम लगायत भूकम्प प्रभावित क्षेत्रमा नेकपा (एमाले) को श्रमदान अभियान जारी छ । एमालेको ११ सय स्वयंसेवक भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको कार्यमा व्यस्त छन् ।
भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिकाको पर्यटकीय क्षेत्रमा लालीगुराँसहित चार सयभन्दा बढी विरुवा रोपिएको छ। गाउँपालिका स्तरीय श्रमदान अभियान सञ्चालन गरेर घोडेटार, जोर आहाल संखाम, दिमालुङ निर्माणाधीन पैदलमार्गमा लालीगुराँस, धुपी लगायतका ४५० विरुवा रोपिएको हो।प्रत्येक महिनाको एक दिन पालिकास्तरीय श्रमदान अभियान सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए। यो निर्णयसँगै अव वडाहरूले पनि महिनामा एक दिन श्रमदान गर्ने उनको भनाइ छ।श्रमदान अभियान सञ्चालन गरेर यहाँको प
भोजपुर, ८ साउन । टेम्केमैयुङ गाउँपालिका–१ रिमचिमका स्थानीयले श्रमदान गरेर करिब सात किलोमिटर सडक मर्मत गरेका छन् । वडा कार्यालयको समन्वयमा यहाँका स्थानीयले एक हप्ता श्रमदान गरेर सडक मर्मत गरेका हुन् । स्थानीय श्रमदान गरेर सेतीबगर रिमचिम तिम्मा पाङखाङ, खम्वुखा, सुम्लिखा, तीन भङ्गाले, बाघखोर सडक खण्ड मर्मत गरेका हुन् । बाटो बिग्रिएर आवतजावतमा समस्या भएपछि […]
खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान अभियान सुरु गरेको छ। जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) यस नगरपालिकाले जिल्लास्थित विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा शनिबारदेखि औपचारिकरूपमा श्रमदान अभियान सुरु गरेको हो। श्रमदान अभियानअन्तर्गत पहिलो चरणमा ग्रामीण सडक निर्माण तथा मर्मत गरिने नगर उपप्रमुख विशन राईले बताए। ‘देश आर्थिक सङ्कटमा फस्दै गएको छ। सानातिना सबै […]
जुम्लाको तातोपानी गाउँपालिकाले निःशुल्क श्रमदान अभियान सञ्चालन गरेको छ । पालिकाभित्र बाढी पहिरोले भत्केका आयोजना र गाउँस्तरबाट माग भई आएका योजनाको पुनर्निर्माण तथा मर्मतका लागि निःशुल्क श्रमदान अभियान थालेको हो । निःशुल्क काम गर्नै नमान्ने मानसिकताबाट गुज्रिएको समाजलाई श्रमदानबाट विकास, सुधार र रूपान्तरण सम्भव छ भन्ने कुरा नागरिकलाई बुझाउन तातोपानीले जिल्लामै पहिलो निःशुल्क श्रमदान अभियान […]
–देवेन्द्र कार्की/ सामाजिक अभियन्ताको चर्चा पाएर एकाएक धरान उपमहानगरपालिकाको नेतृत्वमा पुगेका प्रमुख हर्कराज राई (साम्पाङ) यतिबेला जनताका कामदेखि विकास निर्माणमा अहोरात्र खटिनुभएको छ । धरानमा भएको खानेपानी समस्या हल गर्न विभिन्न साना खोलाको पानी सङ्कलन गर्न उहाँले अभियान नै सुरु गर्नुभएको छ । उहाँको अभियानमा धराने अधिकांश जनता सहभागी भएका छन् । धरानको नेतृत्वमा नआउँदासम्म […]
धरान। सामाजिक अभियन्ताको चर्चा पाएर एकाएक धरान उपमहानगरपालिकाको नेतृत्वमा पुगेका प्रमुख हर्कराज राई (साम्पाङ) यतिबेला जनताका कामदेखि विकास निर्माणमा अहोरात्र खटिएका छन्। धरानमा भएको खानेपानी समस्या हल गर्न विभिन्न साना खोलाको पानी सङ्कलन गर्न उनले अभियान नै सुरु गरेका छन्। उनको अभियानमा धराने अधिकांश जनता सहभागी भएका छन्।