सल्यान : गत बिहीबार दुर्घटनामा स्थानीयको मृत्यु भएको घटनामा प्रहरीले मुचुल्का परिवर्तन गरेको भन्दै पीडितले राप्ती राजमार्ग बन्द गराएका छन्। न्याय माग गर्दा प्रशासन र यातायात समितिले चासो नदेखाएको भन्दै मृतकका आफन्तलगायत स्थानीयवासीले शनिवार बिहान ९ बजेदेखि राजमार्ग बन्द गराएका हुन्। गत बिहीबार सल्यान श्रीनगरबाट त्रिवेणी गाउँपलिकाको काभ्रा जाँदै गरेको लु २ ख १२२२ नम्बरको बसले विपरीत दिशाबाट गइरहेको रा ५प ३०४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।बसको ठक्करबाट गम्भीर घाइते चाल