आइतबारदेखि राप्ती राजमार्ग दैनिक ७ घण्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय दाङका इन्जिनियर रिकेश महर्जनका अनुसार राप्ती राजमार्ग अन्तर्गत चोरखोलादेखि कपुरकोटसम्मको साँघुरो सडकलाई फराकिलो पार्ने काम गर्नुपर्ने भएकाले दैनिक आंशिक रुपमा राजमार्ग बन्द गर्न लागिएको हो ।उनले १० दिनसम्म दैनिक दुई चरणमा गरी जम्मा ७ घण्टा सडक बन्द गरिने जानकारी दिए । जसअनुसार बिहान ७ देखि ९ बजेसम्म र बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म १० दिन आवागमन बन्द गरिने उनले बताए ।उक्त सडक स्तरोन्नतिको जिम्मा नान