१३ घण्टापछि एकतर्फी खुल्यो राप्ती राजमार्ग

सल्यान : अवरुद्ध भएको झन्डै १३ घण्टापछि राप्ती राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।आइतबार बिहान साढे ७ बजेतिर राप्ती राजमार्गको श्रीनगर-कपुरकोट सडकखण्डको त्रिवेणी गाउँपालिका-५ टुनिबोटनजिकै सडकमाथिबाट ठूलो ढुंगा खस्दा सडक अवरुद्ध भएको थियो।दाङ तुलसीपुरबाट ढुंगा फुटाउने मेसिन आएपछि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। एकतर्फी सडक सञ्चालनमा आएसँगै सवारीसाधन आ-आफ्नो गन्तव्यमा गइरहेको उनको भनाई छ।बिहानदेखि सडक अवरुद्ध हुँदा