सल्यान : तीन जिल्लाको मुख्य सडकको रूपमा रहेको राप्ती राजमार्ग स्तरोन्नतिका लागि सरकारले अर्बौं बजेट विनियोजन गर्दै आए पनि सुधार हुन सकेको छैन। सडक चौडा बनाउँदै स्तरोन्नति गर्न वर्षेनि करोडौँ रुपैयाँ खर्च भए पनि सडक दिनप्रतिदिन जीर्ण बन्दै गएको छ।यस वर्षमात्र सल्यानको चोरखोलादेखि रुकुमको खौलासम्म ४० करोड बजेटमा १८ वटा ठेक्का लागेका छन्‚ अधिकांश ठेक्का अलपत्र अवस्थामा छन् भने ५ वटा ठेकेदारले मात्र काम गरिरहेका छन्।ठूल्ठूला खाल्डाखुल्डी त कतै धुलो र हिलोले यात्रुलाई हैरान मात्र