राप्ती राजमार्ग कपुरकोट-चोरखोला सडकखण्डको स्तरोन्नतिमा ढिलासुस्ती भएको छ । ठेकेदार कम्पनीको बेवास्ताले काममा ढिलाइ भएको हो । २०७७ साउनमा सडक डिभिजन कार्यालय दाङले श्याम-शंकर जेभीलाई करिब १० करोड रुपैयाँमा सडक स्तरोन्नतिको जिम्मा दिएको थियो । एक वर्षमा सक्ने गरी भएको सम्झौता फेरि ६ महिना थपे पनि अहिलेसम्म करिब ६० प्रतिशत मात्र काम सकिएको छ । ढिलाइका कारण यात्रुले सास्ती भोग्दै आएका छन् । राजमार्गको स्तरोन्नतिमा लामो समयदेखि बेवास्ता भएको कपुरकोटका कमल शर्माले बताए । अहिले कपुरकोटदेखि चोरखोल