अक्षयकोषका लागि दमक नगरपालिकाले गर्‍यो तीन लाख सहयोग

झापा । नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि दमक नगरपालिकाले तीन लाख सहयोग गरेको छ । पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न र उनीहरूलाई पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्न पुरस्कार प्रदान गर्ने उद्देश्यले स्थापना गरेको उक्त अक्षयकोष वृद्धिका लागि नगरपालिकाले सो रकम सहयोग गरेको हो । नगरपालिकाका उपप्रमुख गीता अधिकारीले सो रकम […]

सम्बन्धित सामग्री

दमकमा फोहोरबाट ग्यास उत्पादन, पाइपलाइन नहुँदा वितरण हुन सकेन

झापाको दमकमा फोहोरबाट ग्यास उत्पादन भए पनि पाइप लाइन बन्न नसक्दा उपभोक्ताले प्रयोग गर्नबाट बञ्चित भएका छन् । दमक नगरपालिका–२ मा नेक्स इरा इनर्जीले फोहोर प्रशोधन गरी ग्यास उत्पादन गरेको हो ।वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा निर्मित यो प्लान्टबाट दैनिक ८४ केजी बायोग्यास उत्पादन हुन्छ । रु २० करोड ५८ लाखमा निर्मित प्लान्टमा केन्द्रको रु पाँच करोड ८८ लाख र बाँकी नेक्सट इरा इनर्जीको लगानी छ । प्लान निर्माण भइसकेपछि सञ्चालनका लागि सरकारले सहयोग नगरेको इनर्जीका सञ्चालक युवराज घिमिरेले ब

पञ्चकन्या ग्रूपद्वारा अस्पतालको भवन निर्माणमा सहयोग

काठमाडौं (अस) । पञ्चकन्या ग्रूपले झापाको दमकस्थित बाल अस्पतालको भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने सम्झौता गरेको छ । दमक नगरपालिका–७ मा बाल अस्पतालको भवन निर्माणका लागि पञ्चकन्या ग्रूप र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच)बीच सम्झौता भएको हो । अस्पतालको ६० लाख मूल्यको एलजीएस स्ट्रक्चरबाट ४ हजार वर्गफिट क्षेत्रफलमा अस्पतालका कोठा तथा भौतिक संरचना निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अध्यक्ष प्रेमबहादुर श्रेष्ठकी धर्मपत्नी नीलकुमारी श्रेष्ठ केही दिनअघि मात्रै दिवंगत भएकी थिइन् । उनकै स्मृति तथा कम्पनीको औद्योगिक यात्राको ५०औं वर्ष पूरा गरेको अवसरमा उक्त सहयोग गर्न लागिएको बताइएको छ । बिहीवार सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा कम्पनीका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले बाल स्वास्थ्यको क्षेत्रमा हातेमालो गर्न पाउनु दुवै संस्थाका लागि गौरव भएको बताए । कम्पनीका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले उक्त हातेमालोबाट मिल्ने आत्मसन्तुष्टि अमूल्य हुने बताए । केआईओसीएचका डा. भगवान कोइरालाले काठमाडौंको जत्तिकै सुविधासम्पन्न बाल अस्पतालको अभाव रहेकाले अस्पताल सञ्चालनमा आएपछि अभाव पूर्ति हुने बताए । कम्पनीले १ महीनाभित्र एलजीएसका संरचना निर्माण गरी अस्पताललाई हस्तान्तरण गर्ने बताइएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गर्यो ४९ लाख सहयोग

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कोरोना भाइरसको महामारी रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थापन गर्न सातवटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रहरूलाई प्रति अस्पताल/ आइसोलेसन केन्द्रलाई ७ लाखको दरले ४९ लाख आर्थिक सहयोग गरेको छ ।प्रदेश–१ मा दमक नगरपालिका, प्रदेश–२ मा जनकपुर प्रादेशिक अस्पताल, बागमती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा विरेन्द्रनगर […]

कोरोना महामारी नियन्त्रणमा निफ्राको ४९ लाख रुपैयाँ सहयोग

काठमाडौं (अस) । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण र उपचारमा संलग्न सात वटै प्रदेशका अस्पताल÷आइसोलेसन केन्द्रलाई नगद सहयोग गरेको छ । बैंकले  संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड–१९ को दोस्रो लहरको महामारी रोकथाम, नियन्त्रण र उपचारमा खटिएका सात वटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रलाई प्रतिअस्पताल÷आइसोलेसन केन्द्र ७ लाखका दरले ४९ लाख रुपैयाँ रकम सहयोग गरेको हो । यो सहयोग रकम प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बागमती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपालिका र प्रदेश ७ मा महाकाली अस्पताललाई प्रदान गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर समय–समयमा विभिन्न संघ–संस्थालाई सहयोग गर्दै आएको बैंकले जनाएको छ ।

निफ्राद्वारा ७ ओटै प्रदेशका अस्पताल/आइसोलेशन केन्द्रलाई रकम सहयोग

जेठ १४, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले सात ओटै प्रदेशका अस्पताल/आइसोलेशन केन्द्रलाई रकम सहयोग गरेको छ ।  कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत हाल मुलुकमा फैलिरहेको कोरोना भाइरस (दोस्रो लहर) को महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यमा खटिएका सातओटै प्रदेशका अस्पताल तथा आइसोलेशन केन्द्रहरुलाई प्रति अस्पताल/आइसोलेशन केन्द्र रू. ७ लाखका दरले जम्मा रू. ४९ लाख रकम सहयोग गरेको छ ।  बैंकले प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, वाग्मती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपलिका र सुदूरपश्चिम प्रदेशमा महाकाली अस्पताललाई उक्त रकम प्रदान गरेको जानकारी दिएको छ । बैंकले मुलुकमा कारोना संक्रमणबाट उत्पन्न विषम परिस्थितिमा नेपाल सरकारको तीनै तहका सरकारबाट सोको रोकथाम, नियन्त्रण र उपचारमा भएको पहलप्रति सराहना गर्दै उनीहरुसँग हातेमालो गर्ने निर्णय स्वरूप सहयोग रकम प्रदान गरेको बताएको छ ।

कोरोना रोकथामका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गर्‍याे ४९ लाख सहयोग

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कोरोना भाइरस  (दोस्रो लहर) को महामारी रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थापनकाे लागि सातवटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रहरूलाई प्रति अस्पताल /आइसोलेसन केन्द्रलाई  ७ लाखको दरले ४९ लाख आर्थिक सहयोग गरेको छ । प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बाग्मती प्रदेशमा पनौती नगरपालिका, गण्डकी...

क्यान्सर रोगीलाई हङकङबाट सहयोग

दमक(झापा) : मलद्वारमा क्यान्सर भएर रकम अभावमा उपचारबाट वञ्चित झापा दमककी एक युवतीलाई हङकङमा बस्ने नेपालीहरूले करिव १३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। हङकङको सामसुइपो नेपाली परिवार र झापा हङकङ समाजको पहलमा संकलन भएको सहयोग शनिबार हस्तान्तरण गरिएको छ। दमक नगरपालिका २ घर भएकी २४ वर्षीय जानुका पराजुलीलाई हङक...