निफ्राद्वारा ७ ओटै प्रदेशका अस्पताल/आइसोलेशन केन्द्रलाई रकम सहयोग

जेठ १४, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले सात ओटै प्रदेशका अस्पताल/आइसोलेशन केन्द्रलाई रकम सहयोग गरेको छ ।  कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत हाल मुलुकमा फैलिरहेको कोरोना भाइरस (दोस्रो लहर) को महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यमा खटिएका सातओटै प्रदेशका अस्पताल तथा आइसोलेशन केन्द्रहरुलाई प्रति अस्पताल/आइसोलेशन केन्द्र रू. ७ लाखका दरले जम्मा रू. ४९ लाख रकम सहयोग गरेको छ ।  बैंकले प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, वाग्मती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपलिका र सुदूरपश्चिम प्रदेशमा महाकाली अस्पताललाई उक्त रकम प्रदान गरेको जानकारी दिएको छ । बैंकले मुलुकमा कारोना संक्रमणबाट उत्पन्न विषम परिस्थितिमा नेपाल सरकारको तीनै तहका सरकारबाट सोको रोकथाम, नियन्त्रण र उपचारमा भएको पहलप्रति सराहना गर्दै उनीहरुसँग हातेमालो गर्ने निर्णय स्वरूप सहयोग रकम प्रदान गरेको बताएको छ ।

सम्बन्धित सामग्री

क्यानद्वारा सहयोग रकम हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शनिबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले रकम हस्तान्तरण गरेका थिए। गत कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पले पुर्याएको भुकम्प पिडितको क्षतिको सहयोगार्थ क्यानले आसिसी […] The post क्यानद्वारा सहयोग रकम हस्तान्तरण first appeared on हाम्रो खेलकुद.

जाजरकोट भूकम्प : पर्यटन मन्त्रालयअन्तर्गतका संघ संस्थाबाट ४ करोड बढी रकम सहयोग

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न संघ संस्थाहरूले ४ करोड रुपैयाँभन्दा धेरै रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सहयोग गरेका छन् । बुधबार बिहान बालुवाटारमा पर्यटनमन्त्री सुदन किरातीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी सहयोग रकम हस्तान्तरण गरेका हुन् । जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट पीडित भएकाहरुलाई सहयोग गर्न उक्त […]

टिकटक चलाउनेले जुटाए डेढ करोडभन्दा बढी सहयोग रकम

रुपन्देही । नेपालमा टिकटक चलाउनेहरुले आर्थिक सहयोग जुटाएर अनाथ तथा असहायहरुलाई सहयोग गर्ने गरेका छन् । टिकटक चलाउनेहरुको संस्था ‘नेपाली हर्ट ग्रुप’ले हालसम्म १ करोड ६४ लाख रुपैयाँ जुटाएर असहायहरुलाई सहयोग गरेको जनाइएको छ ।

निहारिकाले फिर्ता गरिन् करिश्माको सहयोग रकम

‘कुमारी आमा’ निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरको सहयोग रकम फिर्ता गरेकी छिन्। चरित्रहत्या गर्ने गरी आरोपितसँगको आफ्ना निजी तस्बिर सार्वजनिक गरेको भन्दै निहारिकाले सहयोग रकम फिर्ता गरेकी हुन्। आज शुक्रबार उनी...

नेपाल एग्रो लघुवित्तद्वार विपद व्यवस्थापन कोषमा रकम सहयोग

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले प्राकृतिक तथा गैह्र प्राकृतिक विपदबाट क्षतिग्रस्त भएकाहरुको राहतका लागि ९८ हजार ६८२ रुपैयाँ सहयोग गरेको छ । वित्तिय संस्थाले गण्डकी प्रदेशको विपद व्यवस्थापन कोषमा जम्मा हुनेगरी सो रकम बराबारको चेक हस्तानतरण गरेको हो ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले विपदमा परेकाहरुलाई सबैले सयोग गर्नुपर्ने बताए । उनले वित्तिय संस्थाले गरेको सहयोग […]

एभरेष्ट बैंकद्वारा पाँच लाख रकम सहयोग

नागरिक केयर सेन्टर, विराटनगरलाई एभरेष्ट बैंकले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । कोरोना महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रकम सहयोग गरेको हो ।चेक हस्तान्तरण कार्यक्रममा नागरिक केयर सेन्टरका सदस्य नविन रिजाल, मोरंग व्यापार संघका कार्यकारी प्रमुख कृष्ण रेग्मी, वरिष्ठ अधिकृत विनय कणर् […]

नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंकको ५ लाख रकम सहयोग

काठमाडौं । नागरिक केयर सेन्टर विराटनगरलाई एभरेष्ट बैंक लिमिटेडले ५ लाख सहयोग रकम उपलब्ध गराएको छ ।कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अनुरुप उक्त रकम सहयोग स्वरुप उपलब्ध गराएको हो । उक्त रकमको चेक बैंकका क्षेत्रीय प्रबन्धक पूर्ण बहादुर श्रेष्ठले नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेश कुमार जाजू मार्फत हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

भवन भट्टले जापानबाट जुटाए नेपालका लागि डेढ करोड सहयोग रकम

गैरआवासीय नेपाली संघ एनआरएनए निवर्तमान अध्यक्ष भवन भट्टले जापानबाट करिव डेढ करोड रकम बराबरको सहयोग रकम नेपालमा हस्तान्तरण गर्ने तयारी गर्नुभएको छ । भट्टको संयोजकत्वमा जापानमा बनेको ‘मातृभूमिका लागि कोभिड–१९ संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ले नेपालमा १ करोड ५० लाखसम्मको अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने तयारी गरेको हो । जापानका लागि नेपाली …

प्राकृतिक प्रकोप सहयोग कोषद्वारा १०० घर पीडितलाई रकम प्रदान

खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले प्राकृतिक विपत्तिमा परेका जिल्लाका १०० घर पीडित परिवारलाई राहतस्वरुप सहयोग रकम उपलब्ध गराएको छ । आगलागी, बाढीपहिरो, हावाहुरी, चट्याङलगायत विभिन्न प्रकृतिका प्राकृतिक विपत्तिमा परेका पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले स्थापना भएको कोषले स्थापनाकालदेखि हालसम्म १०० घर पीडित परिवारलाई राहतस्वरुप सहयोग रकम उपलब्ध गराएको हो । विसं २०७२ मा खोटाङ सेवा समाज हङकङको सक्रियतामा आर्थिक सङ्कलन गरेर विसं २०७४ देखि जिल्लामा राहतस्वरुप सहयोग रकम वितरण गर्दै आएको कोषले स्थापना भए...

मिर्गौला पीडित बिरामीलाई आर्थिक सहयोग हस्तान्तरण

मिर्गौला पीडित एक बिरामीलाई दक्षिण कोरियाबाट संकलन गरिएको सहयोग रकम हस्तान्तरण गरिएको छ। स्याङ्जा वालिङ–६ की २७ वर्षीय मिर्गौला पीडित हिमा भुसाल अर्याललाई सहयोग रकम हस्तान्तण गरिएको हो।