पञ्चकन्या ग्रूपद्वारा अस्पतालको भवन निर्माणमा सहयोग

काठमाडौं (अस) । पञ्चकन्या ग्रूपले झापाको दमकस्थित बाल अस्पतालको भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने सम्झौता गरेको छ । दमक नगरपालिका–७ मा बाल अस्पतालको भवन निर्माणका लागि पञ्चकन्या ग्रूप र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच)बीच सम्झौता भएको हो । अस्पतालको ६० लाख मूल्यको एलजीएस स्ट्रक्चरबाट ४ हजार वर्गफिट क्षेत्रफलमा अस्पतालका कोठा तथा भौतिक संरचना निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अध्यक्ष प्रेमबहादुर श्रेष्ठकी धर्मपत्नी नीलकुमारी श्रेष्ठ केही दिनअघि मात्रै दिवंगत भएकी थिइन् । उनकै स्मृति तथा कम्पनीको औद्योगिक यात्राको ५०औं वर्ष पूरा गरेको अवसरमा उक्त सहयोग गर्न लागिएको बताइएको छ । बिहीवार सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा कम्पनीका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले बाल स्वास्थ्यको क्षेत्रमा हातेमालो गर्न पाउनु दुवै संस्थाका लागि गौरव भएको बताए । कम्पनीका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले उक्त हातेमालोबाट मिल्ने आत्मसन्तुष्टि अमूल्य हुने बताए । केआईओसीएचका डा. भगवान कोइरालाले काठमाडौंको जत्तिकै सुविधासम्पन्न बाल अस्पतालको अभाव रहेकाले अस्पताल सञ्चालनमा आएपछि अभाव पूर्ति हुने बताए । कम्पनीले १ महीनाभित्र एलजीएसका संरचना निर्माण गरी अस्पताललाई हस्तान्तरण गर्ने बताइएको छ ।

सम्बन्धित सामग्री

विद्यालय भवन निर्माणमा जापानद्वारा २ करोड ३२ लाख सहयोग

संखुवासभाको मकालु गाउँपालिकास्थित श्री हिमालय माध्यमिक विद्यालयको एक भवन निर्माणमा जापानले २ करोड ३२ लाख रुपैयाँबराबरको सहयोग उपलब्ध गराएको छ।...

विद्यालय भवन निर्माणमा जापानद्वारा २ करोड ३२ लाख सहयोग

संखुवासभाको मकालु गाउँपालिकास्थित श्री हिमालय माध्यमिक विद्यालयको एक भवन निर्माणमा जापानले २ करोड ३२ लाख रुपैयाँबराबरको सहयोग उपलब्ध गराएको छ।...

मेडिकल उपकरण निर्माणमा सहयोग गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा नै मेडिकल उपकरण निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । रसायन तथा मेडिकल आपुर्ति सङ्घ नेपालको आयोजनामा बिहीबारदेखि भुकृटीमण्डमा शुरु भएको सातौँ नेपाल मेडिकल एक्स्पोको उद्घाटन गर्दै उहाँले स्वदेशमा नै ‘मेडिकल’ उपकरण उत्पादन गर्न सरकारले सहयोग गर्ने बताउनुभएको हो । मन्त्री श्रेष्ठले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सके …

‘टोखा–छहरे सुरुङ मार्ग’ निर्माणमा चिनियाँ सहयोग जुटाउने छौँः अर्थमन्त्री महत

त्रिशूली – अर्थमन्त्री डा प्रकाशशरण महतले काठमाडौँको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङ मार्ग निर्माणमा चीन सरकारको सहयोग जुटाइने बताएका छन्। नेपाली कांग्रेस नुवाकोटले आज विदुरमा आयोजना गरेको तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुरुङ मार्ग निर्माणले चीनसँगको व्यापारिक गतिविधिमा उल्लेख्य योगदान पुग्ने भएकाले चीन सरकारसँग सहयोग माग्न लागिएको बताए। ‘प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा […]

रेडक्रस कानुन निर्माणमा सहयोग गर्छु : सांसद थापा

भक्तपुर, ७ फागुन । प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले नेपाल रेडक्रसको आफ्नो कानुन निर्माणमा सहयोग गर्ने बताएका छन् । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको २८औं जिल्ला सभालाई सम्बोधन गर्दै थापाले नेपाल रेडक्रसको कानुन निर्माणमा सहयोग गर्ने बताएका हुन् । सभालाई सम्बोधन गर्दै उनले रेडक्रस भनेपछि ब्लड र फल्डको लागि सहयोगी भनी चिनिएको छ । अव यसलाई […]

चलचित्र ‘सर्वजित’ निर्माणमा पर्यटनमन्त्री आलेले ५ महिनाको तलब सहयोग गर्ने

काठमाडौँ। पर्यटनमन्त्री प्रेम आलेले चलचित्र ‘सर्वजित’ निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार आयोजित चलचित्रको शुभ मुहूर्त कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् । दलित महिला केन्द्रले निर्माण गर्न लागेको यो चलचित्रको दिनेश डिसीले निर्देशन गर्नेछन् । चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजीत […]

चलचित्र ‘सर्वजित’ निर्माणमा पर्यटनमन्त्री आलेले ५ महिनाको तलब सहयोग गर्ने

२१ जेठ, काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले चलचित्र ‘सर्वजित’ निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार आयोजित चलचित्रको शुभ मुहूर्त कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् । दलित महिला केन्द्रले निर्माण गर्न लागेको यो चलचित्रको दिनेश डीसीले निर्देशन गर्नेछन् । चलचित्र दलित आन्दोलनका […]

पञ्चकन्या ग्रुपद्वारा दमकको बाल अस्पतालको भवन निर्माणमा सहयोग

पञ्चकन्या ग्रुपले झापाको दमकमा बन्दै गरेको बाल अस्पताललाई भवन निर्माणमा सहयोग गर्ने भएको छ । बिहीबार राजधानीमा भएको पञ्चकन्या ग्रुप र काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ (के.आई.ओ.सि.एच.) बीचको सम्झौतामा ग्रुपले अस्पताललाई ६० लाख मूल्यको एलजिएस स्ट्रक्चरबाट ४ हजार वर्ग फिट क्षेत्रफलमा आस्पतालका कोठा तथा भौतिक संरचनाहरु निर्माणमा सहयोग गर्ने सहमति गरेको हो । पञ्चकन्या ग्रुपले आफ्नो औद्योगिक यात्राको ५० औं वर्षको उपलक्ष्यमा अध्यक्ष प्रेम बहादुर श्रेष्ठकी स्वर्गीय धर्मपत्नी निल कुमारी श्रेष्ठ

‘कर्णालीको तथ्यगत समाचारले नीति निर्माणमा सहयोग पुग्नुपर्छ’

कर्णाली, १७ पुस: सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले कर्णालीको तथ्यगत समाचारले नीति निर्माणमा सहयोग पुग्नुपर्ने बताएका छन् । तुलसादेवी हरिहर फाउण्डेसन काठमाडौँद्वारा आज आयोजित ‘कर्णाली प्रदेशका क्रियाशील पत्रकारका लागि आचारसंहिता तालिम’को भर्चुअल कार्यक्रममा सचिव डा अर्यालले कर्णालीको समस्याको सत्य र तथ्य समाचारले सरकारलाई नीति निर्माण सहयोग पुग्ने बताए । “विकास पूर्वाधारमा […]

न्यून आय भएका राष्ट्रलाई पूर्वाधार निर्माणमा सहयोग गर्ने जी-७ को प्रस्ताव

सात विकसित राष्ट्रको समूह ‘जी– ७’ का नेताहरूले चीनलाई टक्कर दिँदै न्यून र मध्यम आय भएका राष्ट्रहरूलाई पूर्वाधार निर्माणमा सहयोग गर्न योजना बनाउने भएको छ।