सातवटै प्रदेशका अस्पताल तथा आइसोलेशन केन्द्रहरुलाई नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा ४९ लाख प्रदान

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सातवटै प्रदेशका अस्पताल तथा आइसोलेशन केन्द्रहरुलाई ४९ लाख रुपैयाँ प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाल मुलुकमा फैलिरहेको कोरोना भाइरस (दोस्रो लहर) को महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यमा खटिएका सातवटै प्रदेशका अस्पताल तथा आइसोलेशन केन्द्रहरुलाई प्रति अस्पताल/आइसोलेशन केन्द्र ७ लाखका दरले जम्मा ४९ लाख सहयोग गरेको हो। उल्लेखित सहयोग रकम प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पत

सम्बन्धित सामग्री

निफ्राद्वारा ७ ओटै प्रदेशका अस्पताल/आइसोलेशन केन्द्रलाई रकम सहयोग

जेठ १४, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले सात ओटै प्रदेशका अस्पताल/आइसोलेशन केन्द्रलाई रकम सहयोग गरेको छ ।  कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत हाल मुलुकमा फैलिरहेको कोरोना भाइरस (दोस्रो लहर) को महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यमा खटिएका सातओटै प्रदेशका अस्पताल तथा आइसोलेशन केन्द्रहरुलाई प्रति अस्पताल/आइसोलेशन केन्द्र रू. ७ लाखका दरले जम्मा रू. ४९ लाख रकम सहयोग गरेको छ ।  बैंकले प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, वाग्मती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपलिका र सुदूरपश्चिम प्रदेशमा महाकाली अस्पताललाई उक्त रकम प्रदान गरेको जानकारी दिएको छ । बैंकले मुलुकमा कारोना संक्रमणबाट उत्पन्न विषम परिस्थितिमा नेपाल सरकारको तीनै तहका सरकारबाट सोको रोकथाम, नियन्त्रण र उपचारमा भएको पहलप्रति सराहना गर्दै उनीहरुसँग हातेमालो गर्ने निर्णय स्वरूप सहयोग रकम प्रदान गरेको बताएको छ ।