दमकमा फोहोरबाट ग्यास उत्पादन, पाइपलाइन नहुँदा वितरण हुन सकेन

झापाको दमकमा फोहोरबाट ग्यास उत्पादन भए पनि पाइप लाइन बन्न नसक्दा उपभोक्ताले प्रयोग गर्नबाट बञ्चित भएका छन् । दमक नगरपालिका–२ मा नेक्स इरा इनर्जीले फोहोर प्रशोधन गरी ग्यास उत्पादन गरेको हो ।वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा निर्मित यो प्लान्टबाट दैनिक ८४ केजी बायोग्यास उत्पादन हुन्छ । रु २० करोड ५८ लाखमा निर्मित प्लान्टमा केन्द्रको रु पाँच करोड ८८ लाख र बाँकी नेक्सट इरा इनर्जीको लगानी छ । प्लान निर्माण भइसकेपछि सञ्चालनका लागि सरकारले सहयोग नगरेको इनर्जीका सञ्चालक युवराज घिमिरेले ब

सम्बन्धित सामग्री

लकडाउनका कारण समयमा सुरु हुन सकेन बायो ग्यास उत्पादन

घोराहीमा फोहोरबाट ग्यास उत्पादन गर्नका लागि आवश्यक पूर्वाधार निर्माणको काम सकिएको छ । तर, ग्यास उत्पादनका लागि भने अझै केही समय लाग्नेछ । नेपाल ऊर्जा विकास कम्पनी प्रालिका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठका अनुसार केही महिनाबाट ग्यास उत्पादन गर्ने लक्ष्य लिए पनि कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले गरेको लकडाउनका कारण उत्पादन थाल्न ढिला भएको हो । “पूर्वाधार निर्माण सकिए पनि ग्यास उत्पादनका लागि आवश्यक पर्ने मेसिनरी सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले ढिला भएको हो,” श्रेष्ठले भने ।