उच्च बार विराटनगरको १३ औँ कार्यसमिति निर्विरोध चयन - Purbeli News

विराटनगर / उच्च अदालत बार एकाई विराटनगरको १३ औँ कार्यसमिति निर्विरोध चयन भएको छ । अध्यक्षसहित अन्य पदमा दाबी गरेकाहरुले उम्मेदवारी फिर्ता लिएपछि नयाँ कार्यसमिति चयन निर्विरोध भएको हो । बारको नयाँ अध्यक्षमा अधिवक्ता नारायणप्रसाद दाहाल चयन भएका छन् । अध्यक्षमा दाबी गरेका हरिबहादुर बराल उम्मेदवारी फिर्ता लिएर दाहाललाई निर्विरोध नेतृत्व सुम्पिन तयार भएका हुन्...

सम्बन्धित सामग्री

प्रदेश १ :  बाबुराम गौतम  सभामुखमा निर्विरोध चयन

विराटनगर : प्रदेश १ प्रदेशसभाको सभामुख पदमा  माओवादीका सांसद बाबुराम गौतम निर्विरोध चयन भएका छन्। गौतम सभामुखमा निर्विरोध चयन भएको  संसद् सचिवालय प्रमुख सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।गौतमलाई एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रस्ताव गरेका थिए।  माओवादी केन्द्रका नारायण बुर्जा मगर, राप्रपाका गोपालबहादुर विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी)का कमल जबेगुले समर्थन गरेका थिए।गौतम ओखलढुंगाको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्

एमाले संसदीय दलको नेतामा ओली निर्विरोध चयन

५ पुस, काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली निर्विरोध चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई निर्विरोध दलको नेता चयन गरेको सांसद ठाकुर गैरेले बताए । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओली दलको नेता चयन भएका हुन् । दलको उपनेता, प्रमुख […]

क्यान हुम्लाको जिल्ला कार्यसमिति निर्विरोध चयन

सिमकोट – छिरिङ यङ्डुुल लामाको नेतृृत्वमा कम्प्युुटर एसोसिएसन नेपाल महासंघ हुम्ला शाखाको अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। पहिलो जिल्ला अधिवेशन र दोस्रो साधारण सभाले लामालाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो। कम्प्युुटर एसोसिएसन नेपाल महासंघ हुम्ला शाखाको पहिलो अधिवेशन र दोस्रो साधारण सभा एक दिन सञ्चालन भएर सम्पन्न भएको छ। अधिवेशनले ११ सदस्यीय जिल्ला कार्यसमितिसमेत […]

निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध चयन

नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध चयन भएका छन् । महाधिवेशन भन्दा दुई दिन अगाडि बिहिवार तोकिएको उम्मेदवारी मनोनयन प्रक्रियामा अध्यक्ष पदमा नवलको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन् । अध्यक्षसँगै निर्माता संघको सम्पूर्ण कार्यसमिति निर्विरोध भएको छ । महासचिवमा निर्माता सुनिलकुमार थापा, उपाध्यक्षद्वयमा उदय सुब्बा र दीपेन्द्र के खनाल निर्विरोध तथा सचिवमा किसान पोखरेल र कोषाध्यक्षमा ज्योतिराज राई निर्विरोध चयन भए ।त्यस्तै संघको सदस्यहरूमा माओत्से गुरुङ, ज्

रुपन्देही फुटबल संघकाे नयाँ नेतृत्व निर्विरोध चयन, अध्यक्षमा पुन

रुपन्देही जिल्ला फुटबल संघको साधारणसभा तथा अधिवेशनले लोकबहादुर पुनलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।

नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री निर्विरोध चयन

निर्जीवन बीमा कम्पनीहरूको संगठन नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री चयन भएका छन् । शुक्रबार राजधानीमा सम्पन्न संघको अधिवेशनमा क्षेत्री अध्यक्षमा निर्विरोध चयन भएका हुन् । नवनिर्वाचित अध्यक्ष क्षेत्री सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । उनी यसअघि संघको महासचिवमा थिए ।संघको उपाध्यक्षमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र बैद्यवार चयन भएका छन् भने महासचिवमा नेको इन्स्योरेन्सका सीईओ अशोक खड्का, कोषाध्यक्षमा आईएमई जनरल इन्स्योरेन्सका सी

४३ जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि निर्विरोध चयन

२८ कात्तिक, काठमाडौं । ४३ जिल्लामा नेकपा एमालेका महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन् । बिहीबारदेखि शुरु भएको प्रतिनिधि चयन प्रक्रिया अझै सकिएको छैन । शनिबार देशभर प्रतिनिधि चयन गर्ने एमालेको कार्यसूची थियो । तर ४३ जिल्लामा प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । ‘सर्वसहमत प्रतिनिधि चयन भएको जिल्ला ४३ पुगेको छ, […]

एमाले महाधिवेशन : पाल्पामा प्रतिनिधि निर्विरोध चयन

रामपुर । नेकपा (एमाले)को दशौँ महाधिवेशनका लागि पाल्पामा निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका छन् । आउँदो मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि क्षेत्र नं १ बाट झपेन्द्रबहादुर जिसी, राधाकृष्ण कँडेल, देवीलाल लामिछाने, बिमलप्रसाद काफ्ले, कुविजा अर्याल र सरस्वती भट्टराई निर्विरोध चयन भएका छन् । क्षेत्र नं २ बाट अशोककुमार शाही, रामबहादुर राउत, […]

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्षमा बस्नेत चयन

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्षमा होमबहादुर बस्नेत निर्विरोध चयन भएका छन् । संघको १०औँ अधिवेशनबाट बस्नेत निर्विरोध चयन भएका हुन् ।

नेकपा संसदीय दलको नेतामा महतो निर्विरोध चयन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ नम्बर प्रदेश संसदीय दलको नेतामा शत्रुघन महतो निर्विरोध चयन भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता सत्यनारायण मण्डलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि दल नेता चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको थियो । निर्वाचन कार्यक्रम अन्तर्गत मंगलवार दिउँसो २ बजेसम्म मनोनयन दर्ता र २ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएकोमा महतोको एकल उम्मेदवारी परेकाले निर्विरोध चयन गरिएको निर्वाचन संयोजक जगतप्रसाद यादवले बताए । प्रचण्ड–नेपाल पक्षको...