नेकपा संसदीय दलको नेतामा महतो निर्विरोध चयन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ नम्बर प्रदेश संसदीय दलको नेतामा शत्रुघन महतो निर्विरोध चयन भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता सत्यनारायण मण्डलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि दल नेता चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको थियो । निर्वाचन कार्यक्रम अन्तर्गत मंगलवार दिउँसो २ बजेसम्म मनोनयन दर्ता र २ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएकोमा महतोको एकल उम्मेदवारी परेकाले निर्विरोध चयन गरिएको निर्वाचन संयोजक जगतप्रसाद यादवले बताए । प्रचण्ड–नेपाल पक्षको...

सम्बन्धित सामग्री

माओवादी दलको नेतामा प्रचण्ड

काठमाडौं । नेकपा माओवादी संसदीय दलको नेतामा अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई निर्विरोध चयन गरेको हो । माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि संसदीय दलको नेता चयन गरेको हो । बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो । The post माओवादी दलको नेतामा प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

देउवा संसदीय दलको नेतामा निर्वाचित भएसँगै सरकार गठनमा दौडधुप

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचन भएसँगै नयाँ सरकार गठनका लागि बाटो खुलेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा दलको नेता निर्वाचित भएसँगै सत्ता गठबन्धनमा बाँडफाँटको बाटो खुलेको हो । माओवादी केन्द्र र एकीकृत समाजवादीमा पुष्पकमल दाहाल र माधव नेपाल यसअघि नै निर्विरोध चयन भइसक्नुभएको छ । देउवा संसदीय दलको नेता निर्वाचित भएसँगै सरकार […]

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत चयन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा निर्विरोध चयन भएका छन्। मंगलबार उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली निर्विरोध चयन भएका हुन्। संसदीय दलको नेता चुनिएपछि ओलीले सांसदहरूलाई आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन दिएका छन्।जनतासँगको सम्बन्ध पनि थप प्रगाढ बनाउन उनले सांसदहरूलाई निर्देशन समेत दिएका […]

एमाले संसदीय दलको नेतामा ओली निर्विरोध चयन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा निर्विरोध चयन हुनुभएको छ । उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली संसदीय दलको नेतामा निर्विरोध चयन हुनुभएको हो । संसदीय दलको नेता चुनिएपछि ओलीले सांसदहरूलाई आफ्नो भूमिका प्रभावकारी रुपमा निर्वाह गर्न निर्देशन पनि दिनुभएको छ । संसदलाई अकर्मण्यताबाट बचाउनका […]