नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध चयन भएका छन् । महाधिवेशन भन्दा दुई दिन अगाडि बिहिवार तोकिएको उम्मेदवारी मनोनयन प्रक्रियामा अध्यक्ष पदमा नवलको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन् । अध्यक्षसँगै निर्माता संघको सम्पूर्ण कार्यसमिति निर्विरोध भएको छ । महासचिवमा निर्माता सुनिलकुमार थापा, उपाध्यक्षद्वयमा उदय सुब्बा र दीपेन्द्र के खनाल निर्विरोध तथा सचिवमा किसान पोखरेल र कोषाध्यक्षमा ज्योतिराज राई निर्विरोध चयन भए ।त्यस्तै संघको सदस्यहरूमा माओत्से गुरुङ, ज्