विराटनगर : प्रदेश १ प्रदेशसभाको सभामुख पदमा माओवादीका सांसद बाबुराम गौतम निर्विरोध चयन भएका छन्। गौतम सभामुखमा निर्विरोध चयन भएको संसद् सचिवालय प्रमुख सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।गौतमलाई एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रस्ताव गरेका थिए। माओवादी केन्द्रका नारायण बुर्जा मगर, राप्रपाका गोपालबहादुर विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी)का कमल जबेगुले समर्थन गरेका थिए।गौतम ओखलढुंगाको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्