निर्जीवन बीमा कम्पनीहरूको संगठन नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री चयन भएका छन् । शुक्रबार राजधानीमा सम्पन्न संघको अधिवेशनमा क्षेत्री अध्यक्षमा निर्विरोध चयन भएका हुन् । नवनिर्वाचित अध्यक्ष क्षेत्री सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । उनी यसअघि संघको महासचिवमा थिए ।संघको उपाध्यक्षमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र बैद्यवार चयन भएका छन् भने महासचिवमा नेको इन्स्योरेन्सका सीईओ अशोक खड्का, कोषाध्यक्षमा आईएमई जनरल इन्स्योरेन्सका सी