तस्वीर : बेरोजगार बनेका पर्यटन मजदूरलाई रोजगारी

काडमाडौंको चन्द्रागिरी नगरपालिका–६ स्थित ‘मातातिर्थ कुण्ड पदमार्ग एवम् साइकल मार्ग निर्माणमा जुटेका पर्यटन मजदूहरु । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा ‘जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना’ मार्फत पर्यटन क्षेत्रका बेरोजगार बनेका मजदूरलाई रोजगारीको अवसर सृजना गरेको हो । तस्वीर :रासस

सम्बन्धित सामग्री

रोजगारी सिर्जनाका गगनभेदी नारा, बेरोजगार झन् बढ्दै

मुलुकमा वार्षिक यति लाख नयाँ रोजगारी सिर्जना गर्ने भन्दै सरकारले नीति बनाउँछ, निर्वाचनमा दलहरुले बनाएका घोषणापत्रमा पनि रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिइने उल्लेख हुन्छ । तर, मुलुकमा बेरोजगारी घट्नुको साटो झन् बढ्दो छ । मुलुकमा वर्षेनी ८ लाख बेरोजगार थपिन्छन् भने ६ लाखभन्दा बढी बेरोजगार युवा विदेशिनेन गरेको तथ्यांक छ । यो तथ्यांक आफूलाई बेरोजगार …

गण्डकी : ६० हजार बेरोजगार, रोजगारी दिलाउन एकीकृत प्रणाली

पर्वत :  आर्थिक सर्वेक्षणअनुसार गण्डकी प्रदेशमा बेरोजगारको संख्या झण्डै ६० हजार छ। तीन वर्षअघि प्रकाशित स्थिति पत्रमा भने ५६ हजार रहेको तथ्यांक थियो। तीन वर्षको अवधिमा ४ हजार बेरोजगार थप भएको आँकडा छ।यिनै बेरोजगारको पहिचान गरेर रोजगारीको अवसर खोज्न तथा इच्छुकलाई सीप प्रदान गरेर रोजगारी दिन गत साउन ६ देखि ८ गतेसम्म ‘वृत्ति परामर्श तथा रोजगार मेला’ प्रदेश सरकारले चलायो।मेलामा रोजगारीको अवसर प्रदान गर्न सक्ने, रोजगारीको खोजीमा रहेका तथा आफ्नो क्षमता र योग्यता अनुसारको रोजगारीक

रोजगारी दिन्छु भन्दै ठग्ने महुन्याल एजुकेशनले विद्यार्थीलाई पैसा फिर्ता गर्‍यो

रोजगारी दिन्छु भन्दै बेरोजगार युवा युवतीलाई ठग्ने महुन्याल एजुकेशन एण्ड टेक्निकल इन्स्टिच्युट प्रालिले विद्यार्थीबाट लिएको पैसा फिर्ता गरेको छ । कैलालीको भजनीमा मुख्य कार्यालय रहेको महुन्याल एजुकेशन एण्ड टेक्निकल ईन्स्टिच्युट...

प्रधानमन्त्री रोजगार : लमजुङमा ४४३ युवालाई रोजगारी

लमजुङ । लमजुङमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ४४३ युवाले रोजगारी पाएका छन् । मर्स्याङ्दी गाउँपालिकामा सञ्चालित यस कार्यक्रमअन्तर्गत एक हजार ३६३ पुरुष र ९३७ महिला गरी उक्त सङ्ख्यामा युवाले रोजगारी पाएका हुन् । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार चालू आर्थिक वर्षको साउनदेखि गत फागुन महिनासम्म पालिकाका बेरोजगार युवाले रोजगारी पाएका हुन् । यहाँ गाउँपालिकामा सूचीकृत बेरोजगारको […]

बेरोजगार युवालाई रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउन आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बेरोजगार युवालाई रोजगारी सिर्जना गर्ने गरी योजना तथा कार्यक्रम ल्याउन सूचना तथा सञ्चार क्षेत्रका उद्यमीलाई आग्रह गरेका छन् । कम्प्युटर एसोसिएशन नेपाल महासङ्घ (क्यान) को २८औँ साधारणसभाको पूर्वसन्ध्यामा सूचना तथा सञ्चार प्रविधि क्षेत्रका उद्यमी र सरोकार भएकासँग आज आयोजित छलफल कार्यक्रममा मन्त्री पौडेलले सूचना र प्रविधिका क्रियाकलापलाई राष्ट्रको मूलधारको विकास नीतिसँग जोडेर लैजान नेपाली भूगोल सुहाउँदो र स्थानीय आवश्यकता र सम्भावनाअनुसार कार्ययोजना तयार गर्नुपर्ने बताएका हुन् । उनले...

बेरोजगारलाई रोजगारी दिइन्छः श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बेरोजगारलाई रोजगारी दिन पहल गरिने बताएका छन् ।  कोरोनाबाट रोजगार गुमाएका बेरोजगार युवालाई देशभित्रै रोजगारी सिर्जनाका लागि कार्यक्रम बनाइने उनेका भनाइ छ ।  नेपाल संवत् ११४२ को अवसरमा नेवाः देय दबु गुठी समन्वय समितिद्वारा आज दमौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘बेरोजगारलाई रोजगारी सिर्जना गर्न चुनौती छ, त्यो चुनौतीलाई चिर्दै अगाडि बढ्छु ।’ उनले सबै जातजातिको भाषा, संस्कृति संरक्षण गर्ने दा

रोजगारी दिन सरकारको १० अर्ब बढी बजेट, खर्च आधा पनि हुँदैन

'पालिकामा एक सय ८० सूचीकृत बेरोजगार थिए। उनीहरूलाई एक सय दिनको रोजगारी प्रदान गर्न बजेट आएको होला। यो कुरा लेखालाई थाहा छ। मलाई जानकारी छैन,' उनले सेतोपाटीसँग भने।

अमेरिकामा बेरोजगार बढे

एजेन्सी। कोरोना महामारीका कारण एक वर्षदेखि संकट व्यहोरिरहेको अमेरिकामा लाखौं बेरोजगार बनेका छन्। कामधन्दा पुनः सुचारु भए पनि नयाँ रोजगारी सिर्जना हुन सकेको छैन।अक्सफोर्डका प्रमुख अमेरिकी अर्थशास्त्री ग्रेगरी डाको भन्छन्, ‘हामीसँग नयाँ रोजगारी र मागका बीचमा असन्तुलन छ, आउँदा महिनाहरुमा त्यस्तो जोखिम थप बढ्नेछ।’ कोरोनाको डरले कतिपय मानिस आफ्नो काममा फर्कन तयार नहुनाले समस्या पर्न गएको कतिपय विश्लेषक बताउँछन्।

कोभिडले खोसेको रोजगारी फेरी गुम्ने जोखिम

कोरोना खोपपछिको पहिलो अभियान रोजगारी गुमाएकाहरूसहित बेरोजगारहरूका निम्ति रोजगारीको अभियान थालनी गर्नु अत्यावश्यक र सान्दर्भिक छ । चन्द्रसिंह अदैकोभिड–१९ का कारण अहिले धेरै उद्योग, कलकारखाना र व्यवसाय सामान्य अवस्थामा फर्किन सकेका छैनन् । सञ्चालनमा आएका उद्योग, कलकारखानाले पनि आफ्ना कर्मचारी कटौती गरेका छन् । जसले गर्दा धेरैको रोजगारी गुमेको छ भने लाखौं श्रमिक बेरोजगार भएका […]