पर्वत : आर्थिक सर्वेक्षणअनुसार गण्डकी प्रदेशमा बेरोजगारको संख्या झण्डै ६० हजार छ। तीन वर्षअघि प्रकाशित स्थिति पत्रमा भने ५६ हजार रहेको तथ्यांक थियो। तीन वर्षको अवधिमा ४ हजार बेरोजगार थप भएको आँकडा छ।यिनै बेरोजगारको पहिचान गरेर रोजगारीको अवसर खोज्न तथा इच्छुकलाई सीप प्रदान गरेर रोजगारी दिन गत साउन ६ देखि ८ गतेसम्म ‘वृत्ति परामर्श तथा रोजगार मेला’ प्रदेश सरकारले चलायो।मेलामा रोजगारीको अवसर प्रदान गर्न सक्ने, रोजगारीको खोजीमा रहेका तथा आफ्नो क्षमता र योग्यता अनुसारको रोजगारीक